ताजा समाचार


ट्रेन्डिङ :

आचार्य गाउँमा बन्यो सुविधा सम्पन्न जिल्ला आयुर्वेद हस्पिटल

न्युज ब्युरो अनलाइन आवाज    
२०७७ चैत्र १०, मंगलवार १३:४४ मा प्रकाशित



खोटाङ 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित आचार्य गाउँमा सुविधा सम्पन्न जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको ७ करोड ३६ लाख २१ हजार लागतमा दिक्तेलको आचार्य गाउँमा एक्र भवन निर्माण सम्पन्न भएको हो ।
निर्माण कम्पनी प्रतिष्ठा कन्ट्रक्सन प्रालि काठमाण्डौले २०७८ जेठ १६ गते सक्नेगरी २०७६ जेठ १६ गते ठेक्का सम्झौता गरेको कम्पनीका प्रतिनिधि भिषण राईले बताए ।
आगामी जेठ १६ गते सक्नुपर्ने भवनको काम सम्झौता भन्दा दुई महिना अघि भवन निर्माण सम्पन्न भएको उनले बताए ।
आयोजनाका ईन्जिनियर विनोद सिंह, नविन ढुङ्गाना र कृष्णप्रसाद यादवको रोहवरमा निर्माण कम्पनीले मंगलबार निर्माण सम्पन्न भवनको प्राङगणमा कार्यक्रम गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख अजय कुमार झालाई हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरिएको भवन प्रमुख अतिथि ववि चाम्लिङले मुलद्धारको रिवन काटेर औपचारीक रुपमा भवनको अवलोकन गरेका थिए ।
भवन निर्माणका लागि स्थानीय पदम आचार्य, पर्शु आचार्य र मिना आचार्यले १ रोपनी ५ आना, द्रृप नारायण आचार्यले ४ आना, टंक प्रसाद आचार्यले १ रोपनी, रामप्रसाद आचार्यले ४ आना, वोलराज आचार्यले २ आना र स्थानीयहरुले चन्दा उठाएर १ रोपनी १ आना जग्गा निःशुल्क उपलब्ध गराएको स्थानीय समाजसेवी जिवनाथ आचार्यले जानकारी दिए ।



प्रतिक्रिया




Top