ताजा समाचार


ट्रेन्डिङ :

खोटाङमा माओवादी केन्द्रले कार्यालय स्थापना ग¥यो

न्युज ब्युरो अनलाइन आवाज    
२०७७ चैत्र १२, बिहीबार १४:०० मा प्रकाशित



खोटाङमा नेकपा माओवादी केन्द्रले आफ्नो कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएपछि जिल्लामा माओवादी केन्द्रले कार्यालय स्थापना गरेको हो ।
एमाले र माओवादी व्यूँतिएको करिब तीन हप्तापछि नेकपा माओबादी केन्द्रले विहीबार दिक्तेलको भवनगैरामा कार्यालय स्थापना गरेको हो । स्थापना भएको पार्टी कार्यालय नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं प्रदेश सांसद रामकुमार राई पासाङले उद्घाटन गरेका हुन् ।
नेकपा माओबादी केन्द्रका केन्द्रीयसदस्य एबं संविधानसभा सदस्य समिता कार्की अस्मिता, केन्द्रिय सदस्य एबं संविधानसभा सदस्य दुर्गाजयन्ती राई, प्रदेश कमिटि सदस्य ध्रुव बुढाथोकी धिरेन, सुरेश राई, जिल्ला कमिटि अध्यक्ष देवान किराती पृथ्वी, कार्यालय सदस्य दिपक पाण्डे आकाश, कार्यालय सदस्य जीवन राई संगीन लगायतका कार्यकर्ताको उपस्थितिमा उक्त कार्यालय स्थापना गरिएको हो ।
उद्घाटन प्रस्चात पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला कमिटि अध्यक्ष किरातीले एक महिनाभित्र जिल्लाका १० वटै पालिकामा पुगेर संगठन बिस्तार गरी पार्टी कमिटि पुःर्नगठनका लागि अभियान सञ्चालन गर्ने जानकारी दिए ।

 



प्रतिक्रिया




Top