ताजा समाचार


ट्रेन्डिङ :

गाउँपालिका अध्यक्ष राईलाई लगाएको आरोप निराधार

न्युज ब्युरो अनलाइन आवाज    
२०७७ चैत्र १२, बिहीबार १०:५२ मा प्रकाशित



खोटाङ ।
जिल्लाको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर बहादुर राईलाई लगाएको आरोप निराधार भएको पालिकाले जनाएको छ । बिहिबार प्रेस विज्ञप्ति जारी गद्रै पालिकाले राजनैतिक दलको नाममा गाउँपालिका अध्यक्ष राईको बदनाम गर्ने हेतुका साथ षडयन्त्र पुर्वक लगाएको आरोप निराधार भएको जनाएको हो ।
अध्यक्ष राई कोहि कसैलाई धम्किपुर्ण अभिव्यक्ति दिने,हप्काउने,गालि बेईज्जत गर्ने लगायतका कुनै कार्य नगरेको प्रवक्ता शुखदेव राई द्धारा हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ । तिव्रगतिमा विकासले छलाङ मारिरहेको बेला राजनैतिक प्रतिशोध राखि बदनाम गराउने नियतप्रति पालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
नियतवस गरिएका भ्रामिक प्रचार र भ्रमपुर्ण प्रचारका पछाडी नलाग्न समग्र पालिकावासीलाई अनुरोध गरिएको छ । गाउँपालिका अध्यक्ष राई समग्र पालिकाको विकास र समृद्धीका लागि लागिरहेको भन्दै पारदर्शी हिसाबले आफ्ना गतिविधि सदैव अघाडी बढाइरहेको विज्ञप्तिमा लेखिएको छ ।


यस्तो थियो आरोप,
जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारको ढल तथा खानेपानी व्यवस्थापन समितिको चैत ६ गतेको बैठक लगत्तै गाउँपालिका अध्यक्ष राईले चिसापानीको बिपीचोकमा टिकाप्रसाद रेग्मीलाई धम्की दिँदै गालीगलौज गरेको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर २ खोटाङका सभापति तिर्थराज भट्टराई, कांग्रेसको जन्तेढुंगा गाउँपालिकाका स्थानीय छायाँ सरकार अध्यक्ष खेमबहादुर खड्का, कांग्रेसका जन्तेढुंगा गाउँपालिका उपसभापति बाजिन्द्र बिष्ट, नेकपा माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य एबं जन्तेढुंगा गाउँपालिका कमिटिका सह–ईन्चार्ज बिरबल किराती र जनता समाजवादीका प्रदेश सदस्य देवेन्द्र श्रेष्ठले मंगलबार विज्ञाप्ती जारी गरेका थिए ।

 



प्रतिक्रिया




Top