खोटेहाङ गाउँपालिका : सामाजिक सुरक्षाभत्ता बैंकमार्फत

खोटाङ ।
जिल्लाको खोटेहाङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत मात्र प्रदान गर्ने भएको छ । सुरक्षा भत्ता चुहावट हुन नदिन तथा पारदर्शी रुपमा सम्वन्धित लाभग्राहीकै हातमा सामाजिक सुरक्षाभत्ता र्पुयाउने उद्देश्यका साथ पालिकाले चालु आर्थिक वर्षको अन्तिम चौमासिकदेखि राष्ट्रिय बाणिज्य बैंक र सालपा बिकास बैंकमार्फत मात्र सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको हो ।
बुधबार गाउँपालिकाकातर्फबाट गाउँपालिका अध्यक्ष प्रदीप राईले राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय खोटाङवजारका मेनेजर सञ्जिव खनाल र सालपा विकास बैंकका चिसापानी शाखाका मेनेजर सरोज बस्नेतसँग सम्झौता गरेर आवश्यक काम अघाडी बढाइसकेको पालिकाकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष संयोजकत्वको सामाजिक सुरक्षा तथा व्यक्तीगत घट्ना दर्ता प्रणाली सुदृढिकरण आयोजना समन्वय समितिको बैठकको निर्णय अनुसार बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकसँग सम्झौता गरिएको जनाइएको छ ।
आगामी असारदेखि बैंकिङ प्रणालीमार्फत भत्ता वितरणको व्यवस्था मिलाउनेगरी सम्झौता गरिएको हो । जसअनुसार राष्ट्रिय बाणिज्य बैंकमार्फत खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी, खोटेहाङ गाउँपालिका–२ वाप्लुखा, खोटेहाङ गाउँपालिका–३ सावाकटहरे, खोटेहाङ गाउँपालिका–४ बड्कादियाले र खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका लाभग्राहीलाई भत्ता वितरण गरिने भएको छ ।

यस्तै, खोटेहाङ गाउँपालिका–५ चिप्रिङ, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी, खोटेहाङ गाउँपालिका–८ सिमपानी र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका लाभग्राहीलाई सालपा बिकास बैंकमार्फत भत्ता वितरणको सम्झौता गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
खोटेहाङका सबै वडाका सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको खाता खोल्नका लागि आह्वान गरिएको छ भने ८० वर्ष नाघेका ज्येष्ठ नागरिक र अस्पतालबाट दिर्घरोगीको सिफारिस प्राप्त लाभग्राहीलाई घरैमा भत्ता उपलव्ध गराउने व्यवस्था मिलाउने तयारी भैरहेको पालिकाका अध्यक्ष प्रदिप राइले जनाकारी दिनुभयो ।

 

सम्बन्धित सबै

Back to top button
Close