जनताका दुख मर्का बुझ्न सामाजिक विकास मन्त्री गाउँगाउँमा

खोटाङ ।
प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राई गृह जिल्ला खोटाङमा जनताका दुख मर्का बुझ्न गाउँगाउँमा पुग्नुभएको छ । मन्त्री नियुक्त भएलगत्तै पहिलो भ्रमणमा जिल्ला प्रवेश गर्नुभएको मन्त्री राई आईतबार दिक्तेलको आचार्य गाउँ लफ्याङ लगायतका आसपासका क्षेत्र पुगि जनताका दुख मर्का बुझ्नु भएको हो । आचार्य गाउँका स्थानियले आवश्यक भौतिक पुर्वाधार विकासमा पहल गर्न आग्रह गरेका छन् । नेकपा एमालेका जिल्ला कमिटि सदस्य रमेश परियार प्यासीको बुवाको देहावशन भएको खबर पाउनसाथ मन्त्री श्रदाञ्जली दिन प्यासीकै घरमा पुग्नुभएको हो ।


आचार्य गाउँमा निर्माण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य मन्त्रालयको नव निर्मित भवन निरिक्षण समेत गर्नुभएको छ । उक्त स्वास्थ्य मन्त्रालय सञ्चालनलाई आवश्यक पर्ने उपकरण लगायतका सामाग्रि चाडै व्यवस्थापन गरिने उँहाको भनाई छ ।


प्रदेश मन्त्रीको रुपमा सपथ लिएपछि राई खोटाङ जिल्लाबाट प्रदेश मन्त्री हुने पहिलो व्यक्ति बन्ने प्रश्चात आम जिल्लाबासी हर्षित छन् । उँहाले निकाल्नुभएको पछिल्लो समय गाउँघरको उत्पादन लोकल रक्सी र गाँजालाई बैधानिक बनाउन बहस गरिरहनु भएकी राई व्याण्ड भर्सेज ब्राण्डको नारा दिएर यी मुद्दाहरुलाई स्थापित गराउन लागेपछि झन लोकप्रिय बन्नु भएको हो ।


स्थानिय स्तरमा उत्पादन हुने लोकल रक्सी र गाँजाको व्यवसायिक उत्पादन गरेर अन्तराष्ट्रिय बजारमा निर्यात गर्न सके केहि समय भित्रै नेपाल विकसित मुलुकको दाँजोमा पुग्ने वहाँको ठहर रहेको छ ।
२०६४ सालमा एमालेको तर्फबाट संविधानसभा सदस्य रहँदा राईले अंश र वंशमा महिलाको समान अधिकार स्थापित गराउन, आमाको नामबाट नगरिकता प्रदान गर्ने मुद्दामा अहं भुमिका निर्वाह गर्नुभएको थियो । तत्कालिन संविधानसभामा अन्तरपार्टी महिला सांसद समुहको संयोजक बन्नु भएकी राई २०७४ को निर्वाचनमा नेकप एमाले बाट प्रदेश १ को समानुपातिक सांसद हुनुहुन्छ ।
मन्त्री उषकला राई पुर्व कानुनमन्त्री शेरबहादुर तामाङकी धर्मपत्नी पनि हुनुहुन्छ । सामाजिक विकास मन्त्रीको पद ग्रहण प्रश्चात पहिलो भ्रमणमा जिल्ला निक्लनुभएकी मन्त्री राई आजै विराटनगर फर्किने जनाइएको छ ।

 

सम्बन्धित सबै

Back to top button
Close