प्रेस चौतारी नेपाल खोटाङ द्धारा सामाजिक विकास मन्त्री संग प्रेस मिट 

खोटाङ ।
प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राइ प्रेस चौतारी नेपाल खोटाङ द्धारा सामाजिक विकास मन्त्री संग प्रेस मिट सम्पन्न गरेको छ । प्रेस मिटका क्रममा मन्त्री राईले प्रदेशका कुनै पनी जनता पैसाको अभावमा उपचारबाट बञ्चित भएर मर्न नपाउने उद्घोष गर्नुभएको छ ।
शनिबार प्रेस चौतारी नेपाल खोटाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री राईले कुनै पनी जनता औषधि उपचार नपाएर अकालमै ज्यान गुमाउन नदिने उद्घोष गर्नुभएको हो । स्वास्थ्य विमा कार्यक्रमले नसमेटेका र पैसाको अभावमा उपचार गर्न नसक्ने गरिव जनतालाई निशुल्क उपचारको व्यवस्था मिलाउन आवश्यक कार्यविधि र मापदण्ड लागुगर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै राईले पछिल्लो समय ब्याण्ड भर्सेज ब्राण्डको गाउँघरमा उत्पादन हुने कोदोको लोकल रक्सी लाई ब्राण्ड कहिले सम्म बनाउने भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिदै मन्त्री राईले आगामी आर्थिक वर्षमा विधेयक ल्याएर पास गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
राज्यका सबै तह र तप्काबाट लोकल कोदोको रक्सीलाई ब्राण्ड बनाउने कुरा प्रति सकरात्मक भएको समेत जानकारी दिनु भएको छ । तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीसित यस विषयमा छलफल गरेर चाडै निकास दिने उँहाको भनाई छ ।
स्थानिय स्तरमा उत्पादन हुने लोकल रक्सी र गाँजाको व्यवसायिक उत्पादन गरेर अन्तराष्ट्रिय बजारमा निर्यात गर्न सके केहि समय भित्रै नेपाल विकसित मुलुकको दाँजोमा पुग्ने उहाँको ठहर रहेको छ ।
सकेसम्म सवै क्षेत्र समेटेर स्वास्थ,शिक्षा,महिला बालबालिका,अपागंता भएका व्यक्ति तथा जेष्ठ नागरिक,युवा खेलकुद तथा भाषा संस्कृति,श्रम तथा रोजगारलाई चुस्त दुरुस्त बनाएर कानुन निर्माण गर्ने जस्ता विविध कुराहरुलाई प्राथामिकतामा राखेर कामगर्ने मन्त्री राईले जनाउनु भयो ।

सम्बन्धित सबै

Back to top button
Close