पत्रकारिता त गर्नुहुन्छ, अनि काम चाहिँ के गर्नुहुन्छ नि ?

खराबीको भैँसी छ, भलै जुम्रै नदेखेको किन नहोस् 

( म उठेको छु, मलाई एक भोट ।
( श्रमजीवीको पक्षमा लाग्छु ।
( व्यावसायिकता दिन्छु ।
( पत्रकारिताको प्रतिष्ठा बढाउँछु ।
( शुद्धीकरण गर्छु ।
( सेवा(सुविधाका लागि लड्छु ।

पत्रकारका ‘प्रतिबद्धतापत्र’ वा ‘घोषणापत्र’ वा ‘संकल्पपत्र’ अनेक छन् । दिनरात दलीय अभि(नेताको परिक्रमा गर्ने हामीलाई नारा र वाचा, आश्वासन र गफमा कसले जितोस् १ धन्न, अहिलेसम्म कसैले भनेको छैन( पत्रकार बचाउन म सहिद हुन पनि तैयार छु, हाँसीहाँसी फाँसीमा झुन्डिन पनि आतुर छु, मलाई जिताउनुस् हर पत्रकारलाई मेरो जस्तै कारको व्यवस्था गर्छु ।

‘नमस्कार १ नमस्कार ११’ मुद्राका फोटो र बडो लयालु भाकाका भिडियो सोसल मिडियामा छ्यास्छ्यास्ती छन् । यी अलिकलि ममा ट्याग पनि भएका छन् । मेसेन्जर र डीएममा झरेका नि छन् । फोनमा बजेका र एसएमएसमा घुस्रेका नि छन् । उम्मेदवारहरू अड्डामा भेटिन थालेका छन् । म साक्षी किनाराका रूपमा दर्शक बनेको छु । म पनि के कम, भौतिक वा भर्चुअल, भेटिने जति सबैलाई उनीहरूकै भाकामा विश्वास दिएको छु( मेरो भोट तपाईंलाई नै भो, ढुक्क हुनुस् ।

पत्रकार देश दौडाहामा निस्केका छन् । पत्रकारलाई यस्तो बेला चुनाव लागेको छ, जति बेला धेरै पत्रकारलाई तनाव र अभाव आइलागेको छ । कोभिडको बहाना र रनाहामा बेरोजगार ९अर्थात् खासमा फ्रिलान्सर भएका पत्रकारलाई उम्मेदवारको चुनावी भागदौड(खर्चपर्च(सानसौकत(भीडभाड देखेर लाग्दो हो दिक्क

पत्रकार मित्र १ तपैँ औडाह टोली कि दौडाह टोली ? पत्रकार मित्र १ तपैँ म्यादी पत्रकार कि सदाबहार सोसल पुलिस ? चुनावी पत्रकार कि प्रभावी पत्रकार ? म आफैँ कतातिर, कन्फ्युजमा छु । अनि बडा जान्ने भएर प्रश्न सोध्दो पो रहेछु । पत्रकार भएपछि त जवाफ ९अझ सत्ताको तर्फबाट पो दिने हो त, म मुला प्रश्न सोध्दो रहेछु । ‘प्रश्न हराएको पत्रकारिता’ पढेको ह्याङओभर नि हजुर, माफ पाम् १ ९जवाफ दिनेको रवाफ थामिनसक्नु छ यहाँ । जवाफ दिने पत्रकार नै ठूलो पत्रकार हुने यहीँ मात्रै होला कि मंगल ग्रहतिर नि यस्तै होला १०

निर्वाचनका रोचक पक्ष कति कति १ राजनीतिको होस् वा पत्रकारिताको, निर्वाचन भनेकै धन हुने, धन जोहो गर्न सक्ने ‘डन’ले लड्ने हो । यसमा आश्चर्जेको बात केही छैन, यही नै लोकतन्त्रको सुन्दर पक्ष हो ।

म कुनै दलको कार्यकर्ता(सदस्य होइन तर पत्रकार हुँ भनेर कसैले भन्यो भने त्यो कमेडी हुन्छ, यहाँ अब ।
त अनौठो बात के छ भने, जो आफ्नै तलब पाइरहेको छैन, आधा तलबमा ओभरटाइम दिइरहेछ, उही सेवा(सुविधाका लागि लड्छु भनिरहेछ । जो साहुका पछिल्तिर ९अघिल्तिर देखिँदैन लुगलुग काँप्छ, उही भनिरहेछ( श्रमजीवीका पक्षमा आन्दोलनै गर्दिन्छु । जो पत्रकारिता कम, पर्चाकारिता बढी गरिरहेछ, उही पत्रकारको प्रतिष्ठा जोगाउने ठेक्का दिइरह भनिरहेछ । जो प्रेस कार्डको आडमा पत्रकारिताबाहेक सबथोक गरिरहेछ, उही शुद्धीकरणको नारा दिइरहेछ । आज रमिता छ इन्द्र हजुर १

यहाँ पत्रकारिताको कक्षामा पत्रकारको नयाँ कोटीकरण पढाउन ढिला भइसकेको छ ।

प्रश्न नं ७ पत्रकारका किसिम लेख्नुहोस् । पूर्णांक १००

दले(दलाले पत्रकार । मिसन(कमिसन पत्रकार । दाइ(कमरेड पत्रकार । पीए(पिए पत्रकार । फेस्बुके(युट्युबे पत्रकार । ९आई०एनजीओ(जीओ पत्रकार । साहु(हाहु पत्रकार । भाइरल पत्रकार र्। याल पत्रकार । स्याल पत्रकार । सारौँ पत्रकार । कपी(पेस्ट पत्रकार । कर्पोरेट पत्रकार । सिन्डिकेट पत्रकार । विशेषणै विशेषण छन्, पत्रकारका । विशेषणविनाको केवल एक शब्दे ‘पत्रकार’ भेट्नु महामुस्किल छ । पत्रकारिताका ुडीआईु हुने त यहाँ ‘साँस्था’का अगुवा, ‘साँस्था’ पत्रकारिता नै आदर्श भएपछि, सक्किगो नि १

पत्रकारै पत्रकारको भीडभाडमा पत्रकारकै स्वर बसेको छ । खास पत्रकारको कलम(कोलम मिडियाबाट सोसल मिडियामा खुम्चेको छ । खास पत्रकारको गाँस खोसिएको छ, ऊ कारबाही भोगिरहेको छ तर बकबास पत्रकारको भने वाहवाही छ । धन्दाकारिता गरिरहेको धुन्धुकारी पत्रकार बढुवा खाइरहेछ, पुरस्कार र सम्मान थापिरहेछ, नियुक्ति पड्काइरहेछ । अनि यस्तोमा विवेक र ब्रह्मले देखेको लेखि(बोलिरहेको पत्रकार नारैनाराबीच किनारा लाग्दो छ । रीत बुझिनसक्नु छ ।

कागजहरू हुँदै इकागजमा छु । हुनलाई म पत्रकारै हुँ । तर फेरि सोच्छु( म हैन कि क्या हो । मलाई यस्तो नि लाउँछ । पत्रकारहरू यत्रो चुनावमा छन् । म भने अचम्मलाग्दोसँग उसै तनावमा छु । आखिर मलाई किन कहिल्यै चुनाव नलाग्या होला ? म आफैँलाई चिमोट्छु । जवाफ छैन मसित ९प्रश्न मात्रै छ० । चुनावविरोधी, आस्थाविरोधी, कतै म नचाहिँदो रूपमा अराजकजस्तो त भइरहेको छैन ? के म अराजक देखिन चाहिरहेको, ९अ०टेन्सन लिन खोजिरहेको त छैन ? खै, मलाई थाह छैन १

मैले मेरा नेताज्यूहरूको लिस्ट हेरेँ । धेरैलाई त म चिन्दिनँ पो रैछु । दोहोरो चिनजान भएका त धेरै नै कम मात्र । हैट् १ मेरो ताल । उहाँहरूलाई मिडियामा नपढ्नु(नसुन्नु(नहेर्नु(नदेख्नु मेरै समस्या होला । म स्वीकार्छु । देशमा दसौँ हजार पत्रकार हुनुहुँदो रहेछ, मलाई थाहै थिएनछ ।

पत्रकारहरूको इज्जत र प्रतिष्ठा कस्तो छ ? उर्लिंदो छ कि ओर्लिंदो ? पत्रकारमा बिगार्न सक्ने ‘शक्ति’ छ, त्यसैले मात्र सम्मान गरे जस्तो गरेका हुन्, हर्दम यसो भन्छन् रघु लामिछाने दाइ ।

आफैँप्रति कठोर हुन गाह्रो छ । तर, आत्मसमीक्षा ऐच्छिक प्रश्न होइन । यो अनिवार्य छ ।

समाजका हर क्षेत्रजस्तै छ, पत्रकारिता । यसमा राम्रा कुरा पनि छन् । नराम्रा कुरा पनि । पत्रकारिताले हर क्षेत्रका कमजोरी देखाउँछ र देखाउनुपर्छ । हो, राम्रा कुरा पनि देखाउनुपर्छ । तर, पत्रकारिताको आत्मा प्रश्न हो । कमजोरीले प्रश्न जन्माउँछ, उपलब्धिले जवाफ । पत्रकारिताको प्राथमिकतामा प्रश्न पर्छ र पर्नुपर्छ । जब समाचार(विचार ९सबै सञ्चार माध्यम बुझियोस्० मा प्रश्नवाचक ९?० चिह्नभन्दा पूर्णविराम ९।० धेरै हुन्छन् नि, अनि लाग्छ( पत्रकारितामा पूर्णविराम ।

पेसा ९पेसा निर्दोष छ० विकृत बन्दो छ । यसमा विसंगति र असंगति बाक्लिँदा छन् । मैले यसो भन्दा कतिपय भन्छन्( खराब छ भन्ने जानीजानी फेरि किन लागेको छस् त यही पेसामा ? मेरो अव्यक्त जवाफ रहन्छ( साथी १ तिमी पनि जीवन बाँच्ने उपक्रमप्रति सन्तुष्ट छैनौ, के म यसो भनूँ( असन्तुष्ट छु भन्ने जानीजानी तिमी किन बाँचेका छौ, आखिर मर्दैनौ किन यार ?

असन्तुष्ट पनि भइरहने हो । हिँडि पनि रहने हो । विवेकलाई बन्धकी राखेर धक मानी मानी बाँच्ने चाहिँ होइन । गल्ती गर्ने हो तर गल्तीलाई गन्ती गर्दै जीवनभर रोइरहने होइन । छाती खोलेर ९पुरुषवादी भएकामा क्षमाप्रार्थी छु० बाँच्ने अर्थात् लेख्ने हो । मनलाई मान्ने हो, न कि मालिकलाई ।

सोमबार । रातिको १२ बजेर ४२ मिनेट गयो । म बहकिएँ । अक्सर रातिमा म धेरै बहकिन्छु ।

अहिले सञ्चार संस्थाको बाढी नै आएको छ क्यारे । अनि बाढीमा पानी धमिलो हुनु अचम्मको कुरै होइन । बाढीमा माथि(माथि तैरिनेमा फेरि हल्काफुल्का पातपतिंगर नै हो, कसिंगर नै हो । ढलपल ढलपल गर्दै बग्दै गएपछि ढल पनि संग्लिन्छ । बस्, समय लाग्छ ।

हाम्रा उपभोक्ता अर्थात् पाठक(दर्शक(श्रोताको मिडिया साक्षरता बढ्दै जाँदा दिन को पत्रकार कस्तो, को मिडिया पानीमाथिको ओभानो, दूधको दूध पानीको पानी छुट्टिइहाल्छ । अहिल्यै धेरै चिन्ता गर्नुपर्ने कुरो छैन । तर चिन्तन गर्नुपर्ने कुरा धेरै छन् । अरूलाई सुसूचित गर्ने भनाउँदा हामी कति जिम्मेवार छौँ ? सूचित, कुसूचित वा सुसूचित के गरिरहेछौँ ?

शिक्षा दुई किसिमले प्रसार हुन्छ( रुख उठे जसरी ठाडो र खोला बगे जसरी तेर्सो । स्कुल(कलेजमा हुन्छ, रुख जसरी सीमित शिष्यमा व्यवस्थित शिक्षा । सञ्चार माध्यमबाट हुन्छ, नदी जसरी असीमित क्षेत्रमा, आफ्नै तालमा शिक्षा । स्कुल र सञ्चार माध्यममध्ये कसको बढी प्रभाव ? हिन्दी भाषा स्कुलमा पढिन्न तर टिभी हेर्ने धेरै बच्चालाई रटटट आउँछ, अचेल । अंग्रेजी भाषा स्कुल र सञ्चार दुवैतिर हुँदा पनि अलि गाह्रै गाह्रै छ । घरमा बोलिने नेपालीभन्दा कार्टुनमा आउने हिन्दी पो सहज हुँदो छ १ मिडियाको आधार इलाका व्यापक छ, यो एउटा उदाहरण मात्र ।

जब समाचार(विचार ९सबै सञ्चार माध्यम बुझियोस्० मा प्रश्नवाचक ९?० चिह्नभन्दा पूर्णविराम ९।० धेरै हुन्छन् नि, अनि लाग्छ( पत्रकारितामा पूर्णविराम ।
शिक्षित(दीक्षित गर्ने शिक्षक(प्राध्यापकभन्दा असीमित शक्ति छ, पत्रकारितामा । अध्यापकको लेक्चर सय जनासम्म पुग्ला, पत्रकारको लेख सय हजारसम्म पुग्न सक्छ ९भलै यो लेख सय जनामै नपुगेको चाहिँ किन नहोस्० । यस्तो प्रभावशाली पेसा अँगालेका हामी पत्रकार चाहिँ कस्ता छौँ त ?

कुरो नचपाई भनूँ ? हामी छाडा छौँ । हामी आफूलाई सर्वगुणसम्पन्न ठान्छौँ । राजनीतिक बिटमा काम गर्नेले आफूलाई प्रधानमन्त्री वा सो सरह शक्तिशाली ठान्छौँ । कला बिट हेर्नेले ऐना हेर्दा आफूलाई नीर शाह वा लक्ष्मीप्रसाद देवकोटा पाउँछौँ । भाइरल भइयो भने त आफूलाई महावीर वा गोविन्द केसीभन्दा ठूलो समाजसेवी वा त्यागी भन्ठान्छौँ । दुई चारवटा लेख हिट होस् वा किताब चलोस् वा पुरस्कार पाओस्, हामी चिन्तक प्रदीप गिरि वा चैतन्य मिश्र भइगयौँ । कृष्णप्रसाद भण्डारी वा शम्भु थापा पनि हामी, कल्याण श्रेष्ठ वा सुशीला कार्की पनि हामी नै ।

यस्तो लाग्छ, पत्रकारका पर्यायवाची संज्ञा स्वाङ र पुङपाङ हुन् । क्षमा, विनम्रता, स्वीकार, गम्भीरता, धैर्य हाम्रा शब्दकोशमा त यदाकदा होलान् कि, मनकोशमा चाहिँ खासै हुँदैनन् । अरु अर्थात् सबै जस्तै हामीसित पनि खराबीको भैँसी छ, भलै देख्नेले हामीमा खराबीको जुम्रै नदेखेको किन नहोस् १

भनिन्छ, शब्द ब्रह्म हो । तर, हामी यसको प्रयोग यसरी गर्छौँ( न हामीलाई अर्थ थाह छ, न हामीलाई यसको प्रभाव(दुष्प्रभावबारे थाहा छ । हाम्रा शब्दले मान्छे शव बनेको छ, के यो बन्दुकले मान्छे मारेको भन्दा सानो अपराध हो ? बन्दुक बोकेको मान्छेले जथाभावी चलाउँदा एक वा केही मान्छे मर्लान् तर हामीले एकसाथ लाखौँलाई दिग्भ्रमित(पीडित(आतंकित बनाइदिन सक्छौँ । अचेल त हामी लेख्दैनौँ( ठोक्छौँ । अचेल त लेख्दैनौँ हामी( बोक्छौँ । हाम्रो ठोकाइ र बोकाइ दुनियाँलाई थाहा छ, तर हामी स्वतन्त्र, तटस्थ, व्यावसायिक पत्रकार हौँ भन्दै सारौँझैँ चिच्याउँछौँ ।

गोली र बोली फिर्ता हुँदैन । यी चलाउनुपूर्व नै एकदम सोचविचार गर्नुपर्छ । तपाईं देउवाको दैलो टेक्नुस् तर निर्वस्त्र देउवाको लाज छोप्ने दौरा नबन्नुस् के । ओलीको बोली ल्याउनुस् तर अन्तर्वार्ताका नाममा नागरिकका प्रश्न नसोधी वाक्कै लाग्ने गरी प्रशस्तिगान मात्र नभट्याउनुस् । प्रचण्ड वा माधव नेपालका जुँगाबारे सयौँ थुँगा गाउनुहुन्छ अनि भन्नुहुन्छ( म श्रमजीवीका पक्षमा छु, झुट बनोल्नुस् तपाईं, तपाईं शरमजीवीका साथमा हुनुहुन्छ ।

पतित प्रगतिशील, कठपुतला क्रान्तिकारी, स्खलित समाजवादी, कलंकित कमल थापाहरूको ‘गीता’ मात्र नगाउनुस्, तीबाट पीडित नागरिकको ‘महाभारत’ लेख्नुस्, सुनाउनुस्, देखाउनुस् । तब पो पत्रकार १ तब पो तपाईं मेरो नाइके, नत्र त झोले(झुन्डेहरूलाई भन्नैपर्छ मैले, नाइँ के १

विचार र आस्था त सबैको हुन्छ । यो को मुला हो, आफूलाई बडा जान्ने हुँ भन्ने ? विजय टाइपमा ठुकु हानिराछ त ? बडा स्वतन्त्र र तटस्थको गफ दिइराख्या छ त १ तपाईंको मनमा यस्तो प्रश्न आयो । म स्वागत गर्छु । हो, विचार सबैसँग हुन्छ । आस्था सबैसँग हुन्छ । र, यो हुनैपर्छ, हुन्छ नै भन्ने पनि छैन । आस्था स्थायी हुन्छ भन्ने कथन पनि अब स्वयं अस्थायी कथन हो । म सिद्धान्तविहीन छु भन्नु पनि सिद्धान्तै हो । मेरो केही विचार छैन भन्नु पनि विचार नै हो । ९१६ पटकसम्म विचार(मत नदिने झलनाथ खनालको चट्टानी अडान त विचार(पार्टी हो यहाँ ।० तटस्थ छु ९हुँदैन खासमा० भन्नु पनि पक्षधरता हो । यो अनौठो कुरो छैन ।

म पनि मान्दिनँ( पत्रकारिता तटस्थ हुन्छ । खास खास अवस्थामा म तटस्थ रहन्न । म सामाजिक न्याय, समता, सशक्तीकरणको पक्षपाती हुँ । यसमा म न भूमध्यरेखा मान्छु, न लक्ष्मणरेखा । रेखाहरू नाघिन्छ । समानताका लागि गरिने असमान व्यवहारमा म समता देख्छु । यो मानवताकेन्द्री दृष्टि हो । पत्रकारितामा यसको खास अर्थ रहन्छ ।

धेरै बहकिएँ अब अन्त्यमा,

फलानो उम्मेदवार फलानो दलको, फलानो गुटको, फलानो नेताको, फलानो साहुको, फलानो ।।। । पत्रकार पत्रकारिताबाट हैन, पोल्टापोल्टाबाट निस्किरहेछन् । सामुदायिक स्कुलदेखि विश्वविद्यालयसम्मका संस्था दलको दलदलमा भासिएका छन् । दलदलको चिन्ता गर्ने मिडिया हो र हुनैपर्छ । तर, मिडिया स्वयंको दलदलको चिन्ता कसले गरिदिने ? आफूलाई व्यावसायिक भन्ने मिडियाले दलको सदस्यता लिएका ‘पत्रकार’लाई काम लगाएर व्यावसायिक पत्रकारिता कतिन्जेल भनिरहने ?

अरु अर्थात् सबै जस्तै हामीसित पनि खराबीको भैँसी छ, भलै देख्नेले हामीमा खराबीको जुम्रै नदेखेको किन नहोस् १
दलविशेषको घोषित कार्यकर्ता ९आस्थाको कुरा ठीक छ० भएको पत्रकारले गुण(दोषका आधारमा कसरी रिपोर्टिङ गर्ला ? अनि उसको पक्षकारिताबाट आमनागरिकमा कस्तो सूचना(शिक्षा सम्प्रेषण होला ? आँखा खुल्दादेखि आँखा चिम्लिँदासम्म मान्छे अहिले सञ्चारको संसारमा हुन्छ । आठ घन्टा मनोरञ्जन भनेकै अब मिडिया(सोसल मिडियाको समय हो । मिडिया मनोरञ्जन वा कमेडी मात्र हो भने त केही छैन, तर चौथो अंग पनि हो भने जिम्मेवार हुनुर्पयो । जवाफदेही हुनुर्पयो, जेपीटी त सरकार पनि हुन्छ ।

भजन गाउँदागाउँदा हाम्रो वजन चौपट भएको छ है । अलिकति कुरो बुझ्नेले हामीलाई भन्न थालेको छ(
( ऊ आयो माग्ने, केही दिएर पठाइदेऊ ।
( पत्रकारिता त गर्नुहुन्छ, अनि काम चाहिँ के गर्नुहुन्छ नि ?
( पत्रकारलाई तलब आउँछ र ?
( लोकसेवा(सोकसेवा दिन, व्यापार(उद्यम गर्न छोडेर किन यस्तोमा लागेको ?

मुखले नभन्लान्, मनले यस्तो भनिरहेका हुन्छन् । यसो किन भन्छन्(भन्ठान्छन् त ? यसो नभन्ने वातावरण नै छैन देशमा । गुण(दोषका आधारमा आलोचनारप्रशंसा गर्ने विवेकी मान्छे पनि हुन्छन् है भन्ने विश्वास लाग्न छोडिसक्यो, अब धेरैलाई । म कुनै दलको कार्यकर्ता(सदस्य होइन तर पत्रकार हुँ भनेर कसैले भन्यो भने त्यो कमेडी हुन्छ, यहाँ अब ।

जुन देशमा मिडिया र अदालतप्रति प्रश्न उठ्छ । शंका उब्जिन्छ । यिनले विश्वास गुमाउँछन् । तब समाजमा प्रश्न नै सकिन्छन् । प्रश्न सुक्नु सुन्धारा(ढुंगेधारा सुक्नुभन्दा खतरनाक छ । यो लोकतन्त्रको स्वास्थ्यका लागि हानिकारक छ । अरू क्षेत्रको ऐना देखाइदिने मिडिया र करेक्सन गर्ने अदालत हो । यी क्षेत्र नै पावरतन्त्र र पैसातन्त्रको मुखपत्र बने भने त उज्यालो कहीँबाट छिर्नेवाला छैन । जोगाऊँ, उज्यालाका बीउ ।

हामीले छान्ने नेता पत्रकारिता पेसालाई बदनाम गर्ने व्यक्ति हो कि होइन ? ऊ विवेक बन्धकी राखेको दास हो कि प्रेस पास मात्र बोकेको जिउँदो लास ? पत्रकारिताका मास्कधारीबाट संस्था नबचाई पत्रकारिता बच्दैन । पत्रकारिता पोखरी हो, हामी त्यसभित्रका माछा । पोखरीलाई बिखालु(प्रदूषित पारेर माछाले म बाँच्छु भन्नु मिल्दैन । मालिककारिता(पर्चाकारिता गर्नेहरूसँग पत्रकारकै योग्यता छैन भने पत्रकारको नेता बन्ने योग्यता चाहिँ कसरी छ ?

सय वर्ष पुग्नै लागेका भैरव रिसाल हुन्, अहिलेका युवा पत्रकार । किनकि म उनलाई अहिले पनि हर साता पढ्छु । ई कागज

सम्बन्धित सबै

Back to top button
Close