हलेसीमा फन पार्क निर्माण हुने पक्का

खोटाङ
जिल्लाको हलेसी तुवाचुङ नगरपालिका अवस्थित विश्वप्रसिद्ध त्रि(धार्मिकस्थलमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण पक्का भएको छ । दर्शनका लागि देशबिदेशबाट हलेसी मन्दिर आउने पर्यटकलाई आकर्षित गर्नका लागि युवाको सामुहिक लगानीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने पक्का भएको हो ।करिब ५ करोडको लागतमा निर्माण सम्पन्न हुने फनपार्क प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले आइतबार शिलान्यास गर्नुभएको हो । स्थानीय पत्रकार अनुज खड्का, हलेसी तुवाचुङ नगरपालिका(७ महादेवस्थानका वडा सदस्य निरजमानसिंह बस्नेत लगायत चार युवाको लगानीमा हलेसीमा फनपार्क निर्माणको काम सुरु गरिएको बताइएको छ ।

हलेसीमा दर्शनका निम्ति आउने दर्शनार्थी एवम् पर्यटकलाई घुमफिरका लागि उपयुक्त मनोरन्जनस्थलका रुपमा फनपार्कको योजना अगाडि सारिएको निर्माता एवंम् पत्रकार खड्काले बताउनुभयो ।दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने विश्वप्रसिद्ध त्रिधार्मिक हलेसीमा निर्माण गर्न लागिएको फनपार्कमा टायर गार्डेन, जंगल रिसोर्ट, पाईनापल ९भुईकटहर० गार्डेन, चिडिया घर, मिनि मार्केट, बेम्बो कटेज, नाटक गृह, रोधीघर, सेल्फीजोन र बोतल हाउस निर्माण गरिने बताइएको छ ।यस्तै, पर्यटकको मनोरञ्जनका निम्ति रुखमाथि निर्माण गरिएको ट्री हाउस, बासबाट बन्ने हवाइजहाज, बस तथा अन्य सामाग्री, फोटो खिच्नका निम्ति आकर्षक कलाकृती, पुराना टायरद्वारा निर्माण गरिने टायर गार्डेन, बियरका खाली सिसि प्रयोग गरेर निर्माण गरिने आकर्षक घर टहरा लगायतका संरचना भौतिक निर्माण गर्ने योजना छ । यसका अलवा पार्कमा नेपालमा थोरै मात्र पाईने र बिश्वभरबाट संकलन गरिएका पन्छीको सङ्ग्रहालय पनि स्थापना गरिने निर्माता खड्काले बताउनुभयो

मन्दिरमा दर्शनका गर्नका निम्ति विश्वका अधिकांश ठाउँहरुबाट मानिस पैसा खर्च गरेर हलेसी सम्म आउने गर्दछन् । तर खोटाङको हलेसीमा दर्शन बाहेक रिफ्रेसमेन्टको अन्य कुनै बिकल्प उपलब्ध हुन सकेको छैन,’ निर्माता खड्काले भन्नुभयो, ‘हामीले यो फनपार्क बनाउन लागेका हौँ । दर्शन गर्ने दर्शनार्थी एवम् पर्यटक घुमफिर गर्ने, रमाईलो गर्ने थलोको रुपमा विकास गर्ने हाम्रो सामुहिक सपना र योजना हो ।’हलेसी मन्दिरबाट उत्तर(पश्चिममा निर्माण हुने सो फनपार्कमा रुखमा झुन्डिएको चराको गुड आकृतिको मान्छे बस्न मिल्ने टहरा, उत्पादन पनि दिने र आकर्षक देखिने भुईकटहर तथा घिउकुमारीको गार्डेन र विभिन्न प्रजातिका फूलबारी पनि निर्माण गर्ने उद्धेश्य छ । फनपार्क निर्माता समुहमा सकेसम्म खोटाङका युवालाई प्राथमिकता दिने जनाइएको छ । फनपार्क निर्माणमा क्रमशः १० देखि १५ जना युवा समेट्ने योजना छ । स्थानीय युवाले लगानी गर्न नचाहेको खण्डमा बाहिरी जिल्लाका लगानीकर्तालाई भित्र्याइने छ । सामुहिक लगानीबाट एउटा आकर्षक पर्यटन गन्तव्य थलोको निर्माण गर्न लागिएकाले ईच्छुक युवा संलग्न हुन सक्ने निर्माता बस्नेतले बताउनुभयो ।

हलेसीमा निर्माण हुन लागेको हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्कको शिलान्यास गर्दै मुख्यमन्त्री राईले देशको विकासमा पर्यटनको महत्वपूर्ण भुमिका रहने भएकाले पर्यटनको विकासमा स्थानीय युवा अग्रसर हुनुपर्ने पनि बताएका छन् । यस ठाउँमा केही युवाको सक्रियतामा बन्न लागेको फनपार्कले सिङ्गो समाज र देशमा सामुहिक लगानीको उदाहरण प्रस्तुत गरेको प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयोस“युवाहरु एकजुट भए असम्भब केहि कुराको नभएको उद्घोष समेत गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले सरकारले निजि क्षेत्रलाई समेत प्रोत्साहित गर्दै समृद्धिको लक्ष्य हासिल गर्न लागिपरेकाले युवाले यसमा हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित सबै

Back to top button
Close