ताजा समाचार


ट्रेन्डिङ :

अधिवक्ता घिमिरेद्धारा नि:शुल्क पुस्तक हस्तान्तरण

न्युज ब्युरो अनलाइन आवाज    
२०७७ चैत्र २७, शुक्रबार १२:४० मा प्रकाशित



खोटाङ 

अधिवक्ता ओम प्रकाश घिमिरेले हिरासत पुस्तकालयका लागि निशुल्क पुस्तक हस्तान्तरण गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले स्थापना गरेको हिरासत पुस्तकालयलाई अधिवक्ता लागि घिमिरेले एक दर्जन पुस्तक हस्तान्तरण गरेका हुन् ।
उँहाले शुक्रबार प्रहरी कार्यालयमा पुगेर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरीयाको उपस्थितिमा प्रहरी निरिक्षक सागर शाहलाई पुस्तक हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका पुस्तकहरुमा सम्बन्धहरु, वर्तमान, सेतो धरती, जात वार्ता, फिरफिरे, नयाँ सडकको गीत, पानीको घाम, करोडौ कस्तुरी, उल्झन आदी छन् । हिरासतमा रहेकाहरुले पुस्तक पढेर नयाँ ज्ञान तथा सचेत होस भनेर पुस्तक सहयोग गरिएको उँहाको भनाई छ ।
हिरासतमा रहेका थुनुवाहरुको विचारमा परिवर्तन ल्याउन, सकारात्मक सोच ल्याउन र समय विताउनका लागि सहयोग पुग्ने उद्देश्यले पुस्तकालयको स्थापना गरिएको प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरीयाले बताए । पुस्तक सहयोग गर्ने दाताहरुको नाम र ठेगाना पुस्तकमा लेखिने र भविष्यमा पुस्तक सहयोग गर्नेहरुको नामावली बनाएर होडिङवोर्ड राखिने प्रहरीले जनाएको छ।



प्रतिक्रिया




Top