ताजा समाचार


ट्रेन्डिङ :

दिक्तेलमा निःशुल्क आँखाको शल्यक्रीया शिबिर

न्युज ब्युरो अनलाइन आवाज    
२०७७ चैत्र २७, शुक्रबार ०३:२६ मा प्रकाशित



खोटाङ ।
जिल्लाको सदरमुकाम दिक्तेल बजारमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिबिर सञ्चालन भैरहेको छ । नेपाल नेत्र ज्योती संघ खोटाङको आयोजना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा दिक्तेल अस्पताल परिसरमा बिहिबार देखि शनिबार सम्म सञ्चालन भैरहेको हो ।
तीन दिन चल्ने शिबिरमा ३६८ जनाले आँखाको निःशुल्क जाँच गराएको नेपाल नेत्र ज्योती संघ खोटाङका सभापति ईन्द्र कसजूले जानकारी दिए । शिविरमा २५० वढीलाई निःशुल्क औषधि वितरण, १५० जनालाई सहुलियतमा चश्मा वितरण, ४९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण गरिएको उनले बताए । उनले भने ४२ जनाको आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।
बिहीबारदेखी आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन भएको शिविरमा आँखाका विभिन्न समस्याबाट पिडित भएका बिरामीले आँखाको जाँच गराएका हुन् । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मूख्य शल्यचिकित्सक डा। महेश्वर चौधरीको नेतृत्वमा १३ जना शल्यचिकित्सकले आँखाका रोगीहरुको उपचार गरिरहेको छ ।



प्रतिक्रिया




Top