ताजा समाचार


ट्रेन्डिङ :

हलेसीमा शुरु भयो सितोरियो कराते प्रतियोगिता

न्युज ब्युरो अनलाइन आवाज    
२०७७ चैत्र २७, शुक्रबार १४:३५ मा प्रकाशित



टिवन राई
जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ बसाहा खेलमैदानमा सितोरियो कराते प्रतियोगिता सुरु भएको छ । शुक्रबार तेह्रौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०७७ अन्तरगत बाह्रौ जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता शुरु भएको हो । प्रतियोगिता नगरप्रमुख इवन राईले करातेका अन्तराष्ट्रिय रेफ्री बिचारी तामाङलाई खेलकुद सामाग्री हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन ।


हलेसी तुवाचुङ नगरपालिका विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । भलिबल, एथलेटिक्स, कबड्डि, लमजम्प, सटफुट, त्रिपलजम्प लगाएतका खेलहरु सञ्चालन हुने हलेसी तुवाचुङ नगरपालिका खेलकुद संयोजक किस्मत राईले जानकारी दिए । भलिबल खेल बाहेक सम्पूर्ण खेलहरु हलेसीस्थीत बसाहा खेलमैदानमा हुने उनको भनाइ छ । उनका अनुसार भलिबल खेल भने दुर्छिम मा.वि.को प्राङ्गण छापडाँडामा संचालन हुने छ ।
करातेमा दिक्तेलका माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल, सरस्वति मा.वि, हिल साईड स्याम्पल एकेडेमीले सहभागी भएका छन् । त्यस्तै, पृथ्वी मा.वि. बाक्सीला, दुर्छिम मा.वि.दुर्छिम र महेन्द्रोदय मा.वि. हलेसीले सहभागीता जनाएका छन् ।


शुक्रबार भएको पुरुष ५० केजी तौल समुहमा सूर्यचन्द्र राई र किङजङ राई आ–आफ्नो प्रतिद्धन्दीलाई पराजीत गर्दै फाईनलमा प्रवेश गरेका छन् । त्यस्तै, पुरुष २५ केजीमा युनिस राई र हिमाल राई र महिला ५० केजी तौल समुहमा डुनु राई र सुधा राई फाईनल प्रवेश छन् । तिनै समुहको फाईनल खेल शनिबार हुने नगर खेलकुद कराते प्रशिक्षक मिलन कसजुले बताए ।
३१ गतेसम्म संचालन हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा च्यास्मीटार मा।वि।च्यास्मीटार, दुर्छिम मा.वि. दुर्छिम, पिपलडाँडा देवीस्थान मा।वि।मंगलटार, महेन्द्रोदय मा।वि।हलेसीले सहभागिता जनाएका छन् । त्यस्तै बुलापन्थे मा.वि.धितुङ, सरस्वति मा.वि. अर्खौले, जनता मा.वि. सल्ले, लक्ष्मी मा.वि. बडहरे र ज्योति मा.वि.राजापानीले सहभागिता जनाएका छन् ।



प्रतिक्रिया




Top