ताजा समाचार


ट्रेन्डिङ :

पत्रकार हरिबोल आचार्यले दिए नि:शुल्क पुस्तक

न्युज ब्युरो अनलाइन आवाज    
२०७७ चैत्र २८, शनिबार ०३:१० मा प्रकाशित



खोटाङ,
पत्रकार हरिवोल आचार्यले निशुल्क पुस्तक हस्तान्तरण गरेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले स्थापना गरेको हिरासत पुस्तकालयलाइ आचार्यले विभिन्न विधाका १९ वटा पठनीय ज्ञानवर्दक पुस्तक हस्तान्तरण गरेका हुन् ।
केही समय अघिवाट स्थापना गरिएको पुस्तकालयका लागि आचार्यले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पुगेर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरीयालाई पुस्तक हस्तान्तरण गरेका हुन् ।
पत्रकार आचार्य हलेसी न्युज नेटवर्कका अध्यक्ष तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् । उनले द्रौपदी, रक्तबीज, शुक्रनीति, बागीना, चाणक्य नीति, आदीवासी विद्रोहको इतिहास, करिया, भूमिसूक्त, पृथ्वीनारायण शाह, प्रत्येक श्वासमा आनन्द, छाप्रो नं ५५, अफेयर, कारागार, नम्रता लगायतका १९ वटा पुस्तक सहयोग गरेका छन् ।



प्रतिक्रिया




Top