ताजा समाचार


ट्रेन्डिङ :

हलेसीमा एकै साथ दुई भवन उद्घाटन

न्युज ब्युरो अनलाइन आवाज    
२०७७ चैत्र ३०, सोमबार ०७:२५ मा प्रकाशित



टिवन राई
खोटाङ ।
जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थीत बुलापन्थे मा.वि.को दुईवटा भवन एकै साथ उद्घाटन गरीएको छ । शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाको अनुदानबाट दुई तले चार चार कोठे भवन नगर प्रमुख ईवन रार्ईले उद्घाटन गरेका हुन् ।


शिक्षा विकास तथा समन्वय इकाईको आर्थिक वर्ष ०७४÷०७५ बाट प्राप्त ३६ लाख र ३० प्रतिशत श्रमदानबाट भवन बनेको हो । त्यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाई ९शिक्षा० प्राप्त अनुदान ७० लाख ४० हजार र २० प्रतिशत श्रमदानबाट २ तले ४ कोठे भुकम्प प्रतिरोधात्मक भवन बनेको हो । शिक्षा विकास तथा समन्वय इकाईको भवन आर्थिक वर्ष ०७४÷०७५ मा संझौता भएपनि ठेकेदारका लापरबाहीले ढिलोगरी सम्पन्न भएको वि।व्या।स। अध्यक्ष पेशल कुमार राईले बताए । अध्यक्ष राईका अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाई ९शिक्षा० सँग संम्झौता भएको भवन भने समयमै बनेको छ ।
विद्यालयका अविभावक एवम् भूतपूर्व ब्रिटिस आर्मी तुलसी राई र अमृतमान राईले बाबु आमाको स्मृतिमा ३ रोपनी १२ आना ३ दाम जग्गा विद्यालयको नाममा निशुल्क रजिष्ट्रेसन गरीदिएपछि उक्त २ भवन बनेको हो । हाल २० लाख मुल्य पर्ने जग्गा प्रदान गरेबापत दाताहरुलाई भवन उद्घाटनको अवसरमा सम्मान गरीएको छ । २०११ सालमा डाक्टर रणसेर राईले प्रा।वि।को रुपमा स्थापना गरेको बुलापन्थे मा।वि।मा हाल ५५५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।



प्रतिक्रिया




Top