ताजा समाचार


ट्रेन्डिङ :

बैशाख १० बाट बुइपामा जिल्ला लिग फुटबल प्रतियोगिता हुँदै

न्युज ब्युरो अनलाइन आवाज    
२०७७ चैत्र ३१, मंगलवार ०३:१७ मा प्रकाशित



खोटाङ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा राजावासस्थित यलम्बर खेलमैदानमा आगामी बैशाख १० बाट जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जनाएको छ । ए डिभिजन लिग फुटबल प्रतियोगीता बैसाख ११ गतेदेखि १५ गतेसम्म र बि डिभिजन लिग फुटबल प्रतियोगीता बैसाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएको हो । जिल्ला लिग बैसाख १० गते उद्घाटन भए पनि उक्त प्रतियोगीता भने दोश्रो दिन बैशाख ११ देखि मात्र सञ्चालन हुने जनाइएको छ ।
आयोजक जिल्ला फुटबल संघको दिक्तेलस्थित कार्यालयमा सोमबार बसेको बैठकले जिल्ला लिग फुटबल प्रतियोगीता अन्तरगत हुने ए र बि डिभिजन लिग फुटबल प्रतियोगीताको खेल तालिका सार्वजनिक गरेको छ ।
तालिका अनुसार जिल्ला फुटबल संघका अनुसार ए डिभिजन अन्तरगत बैसाख ११ गते बिहान ११ बजे खोटाङ फुटबल एकेडेमी र बाक्सिला फुटबल क्लवबिच, दिउँसो १ बजे सोल्मा स्पोर्टस् क्लव र खारम्बु स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे खोटाङ भगवती स्पोर्टस् क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबिच खेल हुने भनिएको छ ।

यस्तै, बैसाख १२ गते बिहान ११ बजे बाक्सिला फुटबल क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबिचमा, दिउँसो १ बजे खारम्बु स्पोर्टस् क्लव र खोटाङ भगवती स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे खोटाङ फुटबल एकेडेमी र सोल्मा स्पोर्टस् क्लवबिचमा खेल हुने जिल्ला फुटबल संघका सदस्य राईले जानकारी दिए ।

बैसाख १३ गते बिहान ११ बजे खोटाङ भगवती स्पोर्टस् क्लव र सोल्मा स्पोर्टस् क्लवबिच, दिउँसो १ बजे खोटाङ फुटबल एकेडेमी र हलेसी तुवाचुङ फुटबल क्लवबिचमा तथा दिउँसो ३ बजे बाक्सिला फुटबल क्लव र खारम्बु स्पोर्टंस् क्लवबिचमा प्रतिष्पर्धा हुने छ ।

यस्तै, बैसाख १४ गते बिहान ११ बजे खोटाङ फुटबल एकेडेमी र खोटाङ भगवती स्पोर्टस् क्लवबिच, दिउँसो १ बजे बाक्सिला फुटबल क्लव र सोल्मा स्पोर्टस् क्लव तथा दिउँसो ३ बजे हलेसी तुवाचुङ फुटबल क्लव र खारम्बु स्पोर्टस् क्लवबिच खेल हुने छ ।
बैसाख १५ गते बिहान ११ बजे सोल्मा स्पोर्टस् क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबिच, दिउँसो १ बजे खोटाङ फुटबल एकेडेमी र खारम्बु स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे बाक्सिला फुटबल क्लव र खोटाङ भगवती फुटबल क्लवबिच खेल हुने संघले जनाएको छ ।
बि डिभिजन अन्तरगत बैसाख १६ गते दिउँसो १ बजे जन्तेढुंगा फुटबल क्लव र बुईपा एलाभेल स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे नुनथला फुटबल क्लव र नमूना स्पोर्टस् क्लवबिचमा प्रतिष्पर्धा हुने छ । यस्तै, बैसाख १७ गते बुईपा एलाभेन स्पोर्टस् क्लव र नमूना स्पोर्टस् क्लवबिच तथा जन्तेढुंगा फुटबल क्लव र नुनथला फुटबल क्लवबिच खेल हुने छ ।
बैसाख १८ गते जन्तेढुंगा फुटबल क्लव र नमूना स्पोर्टस् क्लवबिच तथा बुईपा एलाभेन स्पोर्टस् क्लव र नमूना फुटबल क्लवबिचमा खेल हुने फुटबल संघले जनाएको छ ।

 



प्रतिक्रिया




Top