ताजा समाचार


ट्रेन्डिङ :

मौरी पालन व्यवसायीलाई तालिम

न्युज ब्युरो अनलाइन आवाज    
२०७७ चैत्र ३१, मंगलवार ०३:४४ मा प्रकाशित



खोटाङ
दिपु्रङ चुईचुम्मा गाउँपालिकाले मौरी पालन व्यवसायीलाई दुई दिने तालिम दिएको छ । मौरी पालन व्यवसाय गद्रै आएका नागरिकलाई लक्षित गरी  गाउँपालिकाले आवश्यक सीप प्रदान गर्दै मौरी पालन सम्वन्धी दुई दिने तालिम आयोजना गरेको हो ।
मौरी पालन व्यवसायलाई थप व्यवसायीक बनाउने उद्देश्यका साथ गाउँपालिकाले मौरी पालक किसानलाई आइतबार र सोमबार तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिनुभयो ।
तालिममा ४२ किसानलाई प्राक्टिकल विधि अपनाएर मौरी पालनका लागि उपयुक्त हावापानी, मौरी चिन्ने तरिका, मैन बनाउने तरिका, घार बिभाजन गर्ने विधि र आवश्यक परामर्श सहित सिप सिकाइएको उँहाले बताउनुभयो ।
घार राखेर सामान्य मात्रामा मौरी पालन गर्दैआएका किसानलाई सहभागी गराएर तालिमका सहभागी किसानलाई मौरी विकास केन्द्र गोदावरीबाट अवकास प्राप्त विज्ञ सिताराम ढकालले आवश्यक परामर्श सहित थप सहजीकरण गर्नुभएको थियो । ७ वडा रहेको गाउँपालिकामा हाल १० किसानले व्यवसायीक रुपमा मौरी पालन गर्दैआएका जनाइएको छ ।

किसानलाई मौरी पालन सम्बन्धि व्यवहारिक ज्ञान सिकाएर आधुनिक घारको प्रयोगमा वृद्धि गर्दै महको उत्पादन बढाउने र आर्थिक आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । आगामी आर्थिक वर्ष मौरी पालन सम्वन्धी अनुदानकै व्यवस्था गरेर मौरी पालनबाट किसानलाई थप व्यवसायीक बनाउनेगरी तालिम दिइएको हो । तालिममा सहभागीलाई मौरी सहितको घार ल्याएर मौरीको घार छुट्याउने, गोलो पार्ने, मह काढ्ने लगायतका सीप सिकाइएको छ ।



प्रतिक्रिया




Top