ताजा समाचार


ट्रेन्डिङ :

प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित भइन उपमेयर राई

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख १, बुधबार ०८:३६ मा प्रकाशित



खोटाङ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिणादेबी राई प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित हुनुभएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदकबाट उपमेयर राईलाई विभुषित गर्नुभएको हो । प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित भएकी उपमेयर राईलाई आफन्त तथा शुभेच्छुकले अहिले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई तथा शुभकामना दिइरहेका छन् ।
नेपाल सरकारले प्रदान गर्ने पदक पाउने जिल्लाकै पहिलो जनप्रतिनिधि समेत हुनुभएको छ उपमेयर राई । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सरकारले विभूषण प्रदान गर्ने गरेको छ ।

उँहा सँगै झापाको दमक नगरपालिकाका उपमेयर गिता अधिकारी, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राई र बाजुराको बुढीनन्दा नगरपालिकाका उपमेयर सृष्टि रेग्मी पनि प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित हुनुभएको छ । राजनितिमा अब्बल क्षमता बनाउनुहुने उपमेयर राई खोटाङको बुइपामा जन्मनुभएको हो ।



प्रतिक्रिया




Top