ताजा समाचार


ट्रेन्डिङ :

ठेकेदारको लापरबाहीले हलेसी लिफ्टङ खानेपानी आयोजना समयमै सम्पन्न हुनसकेन् ।

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख ७, मंगलवार ०८:२४ मा प्रकाशित



 

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको दुधकोशी खानेपानी आयोजनाको काम ठेकेदारको लापरबाहीका कारण समयमै सम्पन्न हुनसकेको छैन । २०७६ पुस मसान्तामा निर्माण सम्पन्न हुनुपर्ने दुधकोशी लिफ्टङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा स्थानीय मार्कामा परेका हुन् ।
हलेसी तुवाचुङ नगरपालिकाका सुख्खाग्रस्त क्षेत्रका लागि नगरपालिकाको विशेष पहल र गृहकार्यमा अघाडी बढाइएको दुधकोशी लिफ्टङ खानेपानी आयोजना अघाडी बढाइएको हो । खानेपानी जस्तो संवेदनशिल कुरामा निर्माण कम्पनीको लापरवाही र ढिलासुस्तिका कारण हालसम्म यस खानेपानीको भौतिक प्रगति भने करिब ८० प्रतिसत मात्र देखिन्छ । २०७६ पुसमा निर्माण सम्पन्न गर्ने गरी २०७४ असारमा दिवा महादेव खिम्ति जेवी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।
ढिलैभएपनि बर्षौदेखी शुख्खाग्रस्त क्षेत्रका नागरिक कहिले पानी पर्ला भन्दै आशामा बसिरहेका स्थानीयवासीहरु । घण्टौं लगाएर डोकोमा नाम्लो बोकेर खानेपानी लिन जाने गर्छन यँहाका स्थानियहरु । घरआगनमा कहिले पानी आउला भनेर दिनगनिरहेका स्थानियवासी खानेपानी घरैमा आउने आसामा दिनगनेर बसिरहेका छन् ।
९२ करोडको लागतमा सम्पन्न गर्नेगरी संघिय सरकारको विशेष अनुदानमा शुरु गरिएको खानेपानी आयोजनाबाट ३ हजार ७ सय ५६ घरघुरी लाभान्वित हुनेछन् । कोरोनाले ढिलाभएको भन्दै निर्माण कम्पनीलाई यही असार मसान्त सम्ममा लागि पुन म्याद थप गरिएको छ । तर निर्माण कम्पनीको कछुवागतीको कामले असार मसान्तामा निर्माण सम्पन्न हुने कुनै विश्वास र आधार नदेखिएको नगरप्रमुख इवन राईको भनाइ छ ।
हलेसी दुर्छिम मंगलटार बाहुनीडाँडा डिकुवा बडहरेका नागरिकका घर घरमा वितरण गर्ने तयारी गरिएको छ । काभ्रेडाँडा र भुम्जुडाँडामा मुख्यट्याङ्की निर्माण गरी ४÷४ लाखको ट्याङ्कीमा पानी संकलन गरि दैनिक ६ लाख लिटर पानी लिफ्ट गर्ने लक्ष्य राखिएको छ ।



प्रतिक्रिया




Top