ताजा समाचार


ट्रेन्डिङ :

जलेको फर्निचर उधोगलाई कलाव्यवसायीको राहत

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख ११, शनिबार १४:१६ मा प्रकाशित



सौन्दर्य कलाव्यवसायी संघ खोटाङले फर्निचर उद्योगका अग्नीपीडितलाई राहतप्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका गणेश फर्निचर उधोगलाई उक्त संघले राहतप्रदान गरेको हो ।
शनिबार संघकी अध्यक्षनितु राई उदासले उधोगकाप्रोपाईटर हर्कराज राईलाई १० हजार २० रुपैयाँ राहतरकमप्रदान गरेकी छन् । जिल्लामै आमग्राहकवर्गको मन जित्न सफलफर्निचरउधोगलाई सहानुभूतिस्वरुप सानो सहयोग गरिएको अध्यक्षउदासले जानकारी दिईन् ।
संघकी अध्यक्षसहितउपाध्यक्ष सावित्रा राई, सचिवभद्राश्रेष्ठ, कोषाध्यक्षमिनाखत्री, सदस्यहरु पुष्पा राई, शोभा राई, लिलामाया मगर, उर्मिलाभुजेल, लक्ष्मी राई, विनिता बस्नेतलगायत राहतप्रदानकालागिरत्नपार्कस्थितफर्निचर उधोग पुगेका थिए ।
यस्तै, आगलागीबाट विस्थापितउधोगलाई यसअघि माटिकोरे टोलबासीले २५ हजार ६५० रुपैयाँ राहतप्रदान गरेको छ । १९ जना माटिकोरे टोलबासीबाट राहत संकलन गरेरउधोगकाप्रोपाईटर राईलाईराहत रकमप्रदानगरिएको माटिकोरेका स्थानीय डम्बर बहादुर खत्रीले बताए ।
गतवर्षको ३१ चैतको बिहान ४ वजेतिरविधुत सर्ट भईएक्कासीआगलागीहुंदातयारी फर्निचर सामग्री र फर्निचरको कार्यालय जल्दा ५० लाख ८६ हजारको क्षतिभएकोथियो । विधुत सर्ट भई आगलागीभएको आँकलनगरिए पनि घट्नालाई संकास्पद रुपमालिईएको छ ।



प्रतिक्रिया




Top