ताजा समाचार


ट्रेन्डिङ :

हलेसीमा बस दुर्घटना हुँदा १ जनाको घट्नास्थलमै मृत्यु

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख ११, शनिबार १४:०६ मा प्रकाशित



खोटाङको हलेसीमा बस दुुर्घटना हुुदा १ जनाको घट्नास्थलमै मृत्युु भएको छ । हलेसी तुवाचुङ नगरपालिका वडा नं १ बाहुुनीडाँडा स्थीत रागाकाटे भिरमा शनिबार विहान बस दुर्घटना हुँदा सिन्धुपाल्चोकका अनिल तामाङको घट्नास्थलमै मृत्युु भएको हो । मृत्यु हुने तामाङ बसका सहचालक हुन ।
बा.३ ख. ९२८५ नम्बरको बस सडकबाट २० मिटर तल अर्को सडकमा खसेको हो । करीब ३९ जना सवार मध्ये १९ जना गम्भीर घाईते भएका प्रहरीले जनाएको छ । घाईतेहरुको उपचारका लागि २ वटा एम्बुलेन्स र एउटा टाटा सुुमो मार्पmत विराटनगर रेफर गरिएको प्रहरी निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिए । सप्तरीबाट हलेसीदर्शनका लागि आएको बस फर्कने क्रममा हाल उक्त बाटो अपग्रेड भैरहेको अवस्थामा जमिन भास्सिएर बस तल झरी दुर्घटना भएको उनले बताए ।
मृतक तामाङको शव दिक्तेल हस्पिटलमा ल्याइएको छ . घाइते चालकको जनसेवा हेल्थ सेन्टर घुर्मीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । मृतक तामाङका आफन्त भोली दिक्तेल आउने समेत जनाइएको छ ।



प्रतिक्रिया




Top