ताजा समाचार


ट्रेन्डिङ :

कोरोना भाइरसलाई खेलाची नसोचौं र घरमै बसौं

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख १४, मंगलवार ०२:०६ मा प्रकाशित



दिवस रिजाल
विस्वमै महामारीको रुपलिएको कोरोना भाइरस कोभिड–१९ ले छिमेकी मित्रराष्ट्र देश भारतलाई त्राहीहाम त्राहीहाम बनाइराखेको छ । नेपालमा समेत यसको प्रत्यक्ष प्रभाव पद्रै कतिपय जिल्लामा कोरोना भाइरसलाई नियन्त्रण गर्ने कुरा असम्भव जस्तो भैरहेको छ । हामी नेपालीको बानी नपरी नचेत्ने स्वभावको रहेको छ । त्यसैले कोरोना भाइरस खेलाची गर्ने रोग नभइ सतर्क र सजक भइ एक आपसमा सहयोग र मायाँ ममता साटासाट गर्ने बेला आएको छ । कोरोना सङ्क्रमणबाट पीडित भएको म आफै भनीरहेको छु की कोरोनाविरुद्ध लड्न आफैं नै सुरक्षित भएर बस्नुपर्ने अवस्था आएको छ ।
यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउन सक्ने सम्पूर्ण उपाय अपनाउनुपर्छ । दुई साता घरमै एकान्तबास बसेर सङ्क्रमणमुक्त भएपछि बल्ल थाहा भयोकी कोरोना खेलाची गर्ने रोग हैनरैछ भनेर ।
कोरोनालाई कतिपयले हल्का विषय बनाएका छन् तर यसमा हामी एकदमै गम्भीर बन्नुपर्छ । सचेत रहेर आफ्नो दैनिकी अगाडि बढाउनुपर्छ, १४ दिनको एकान्तबासले धेरै कुरा सिकायो भने पीडा के हो भन्ने पनि बुझायो मलाई तसर्थ हामी घर बाहीर निक्लदा सतर्क र सजग भै अनावश्यक काममा बाहिर निक्लने काम तत्काल बन्द गर्नुपर्छ ।
घरको एकान्तवासमा बस्दा थुप्रै पीडाका बीच मैले कोरोना जितेको हो । छिमेकीको कुरा काट्ने प्रवत्तीले गर्दा झण्डै डिप्रेशनमा पुगेको थिए । बेला र परिस्थितिलाई समहालेर अन्तत कोरानालाई परास्त गर्न सफल भए तर त्यो कोरोना लाग्दाको पल मलाई झलझली आइरहेको छ ।
आफ्नै घरमा एकान्तबास बसेको मलाई कडा खालका कुनै लक्षण नदेखिए पनि मानसिक तनाव भने अवश्य भएको हो । यदी ममा सोच्ने क्षमता कम भएको भए आज म यो लेख लेखीरहेको अवस्थामा सायद तपाइहरुले पाउनुहुन्न थियो होला ।
सङ्क्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा अपनाउँदै पनि कोरोना जुनसुकै बेला, जसलाई पनि लाग्न सक्ने बुझेको छु मैले त्यसैले सचेत रहनु तपाइ हाम्रो कतव्य हो । कोरोनाबाट मुक्त हुन ध्यान केन्द्रित गरेको र घरेलु उपचारले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मनलाई बहलाउने कार्यमा लागेको थिए । आफू सचेत रहन, अरूलाई सुरक्षित रहन तथा सङ्क्रमण देखिहालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन आग्रह गर्दछु । धन्यवाद
पत्रकार दिवस रिजाल हाल इमेज च्यानलमा श्रमजिवि पत्रकार हुनुहुन्छ ।



प्रतिक्रिया




Top