ताजा समाचार


ट्रेन्डिङ :

खोटाङमा कोरोनाका कारण एक युवकको मृत्यु

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख १६, बिहीबार १०:१७ मा प्रकाशित



चिरञ्जिवि रिजाल
खोटाङमा कोरोना भाईरस कोभिड–१९ को संक्रमणको कारण एक युवकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका अनिल जोशीको मृत्यु भएको हो । उनी लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । केही समय अघि मात्र पोखरा पुगेका जोशीको बुधबार राती मृत्यु भएको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।
जोशीले दिक्तेलका आफ्ना आफन्तलाई फोनमार्फत संक्रमण भएको वारेमा जानकारी गराएका आफन्तजनले जनाएका छन् । जोशीको निधनप्रती जिल्लामा सामाजिक सञ्जाल मार्फत उनका आफन्तजनप्रती साहानभुती प्रकट  र उनलाई श्रदाञ्जली दिइराखेका छन् ।
कोभिड–१९ संक्रमित भएपछि अध्यक्ष जोशी पोखराकै एक अस्पताल भर्ना भएका थिए । दिक्तेल निवासी जोशीलाई बिराटनगर पुगेर पोखरा जानेक्रममा कोभिड–१९ को संक्रमण भएको अनुमान गरिएको छ ।



प्रतिक्रिया




Top