ताजा समाचार


ट्रेन्डिङ :

खोटाङमा चट्याङले दुई घर जले

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख १६, बिहीबार १०:०३ मा प्रकाशित



खोटाङमा चटयाङ पर्दा दुई घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । बुधबार साँझ असिना र पानीसँगै चट्याङ पर्दा रावाबेशी गाउँपालिका–६ हौचुरका ज्ञान बहादुर खड्का र साकेला गाउँपालिका–३ खिदिमाका सार्कीमान तामाङको घर चटयाङ पर्दा पूर्णरुपमा जलेर नष्ट भएको हो
जिल्ला प्रहरी कार्यालय दिक्तेलका अनुसार दुबै घरमा चटयाङ लागेर आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाडावर्तन जलेर नष्ट भएको छ । उक्त चटयाङबाट मानवीय क्षती हुन नपाएको जनाइएको छ ।



प्रतिक्रिया




Top