ताजा समाचार


ट्रेन्डिङ :

हलेसी मन्दिरमा चढाइएका त्रीशुलनै बिक्री हुन्छन् !

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख १६, बिहीबार १३:०४ मा प्रकाशित



हलेसी मन्दिरमा चढाइएका फलामका त्रीशुलहरु बिक्री गरीएको पाइएको छ । हलेसी तुवाचङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र महादेवस्थान विकास समितिको रोहबरमा २ हजार ५ सय २५ के.जी. फालमका त्रिशुल तथा फलामका टुक्राहरु बिक्री गरीएको खबर प्राप्त भएको हो ।
प्राप्त खबर अनुसार खिया लागेका, काम नलाग्ने अबस्थामा रहेका त्रिशुलहरु व्यवस्थापनमा समस्या भएपछि प्रति के.जी २० रुपैयाका दरले कलैया नगरपालिका—७ बाराका सुमन कुमार कलवारलाई दिईएको जनाइएको छ । मन्दिरमा चढेका अन्य ढलौटका घण्टी तथा तामाका दियो, कलश, त्रिशुल भने व्यवस्थापन गरी राखीएको छ ।

 



प्रतिक्रिया




Top