ताजा समाचार


ट्रेन्डिङ :

नगर क्षेत्र भित्रका यातायातका साधन अनिश्चितकालका लागि बन्द

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख १७, शुक्रबार ०२:५२ मा प्रकाशित



खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्र भित्र आवातजावत गर्ने यातायातका साधन अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । नयाँ भेरियण्ट सहितको कोरोना भाइरस कोभिड–१९ को दोश्रो लहरको संक्रमण नगरभित्र पनि बढ्न सक्ने संम्भावनालाई ध्यान राख्दै अत्यावश्यक सामग्री बोकेका यातायात बाहेक सबैखाले सवारी साधन बन्द गर्ने निर्णय गरेको हो ।
बिहीबार नगरप्रमुख दिपनारायण रिजालले विज्ञप्ति जारी गर्दै १६ बैशाखदेखी अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, अत्यावश्यक सेवाहरु मात्र खुला गरी अन्य सबै किसिमका सेवा तथा व्यवसायहरु अर्को सूचना जारी नभएसम्म बन्द गर्न आग्रह गरेका छन् । नगरवासीलाई अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।


अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु बाहेक नगर भित्रका सम्पूर्ण सरकारी, गैर सरकारी, संस्थागत बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्न, नगरपालिकाभित्र अन्य क्षेत्रहरु र शहरहरुबाट आउनेले १५ दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने, उल्लंघन गरेमा नगरपालिकाको संस्थागत क्वारेन्टिनमा लगेर १५ दिन राखिने विज्ञप्तिमा उल्लेख छ ।

नगरभित्रका हाट बजार, सभा सम्मेलन, जुलुस, धार्मिक क्षेत्रमा हुने पूजाहरु लगायत भिडभाड हुने सबै क्रियाकलाप बन्द गर्न, अत्यावश्यक सामग्री बोकेका बाहेक सबैै खाले यातायातका साधनहरु बन्द गर्न, विवाह, व्रतवन्ध, काजक्रिया लगायत अन्य सामाजिक तथा सांस्कृतिक कार्यहरु संचालन गर्दा जनस्वास्थ्यका मापदण्ड अपनाई १५ जना भन्दा कम सहभागी भई गर्न र अत्यावश्यक सेवा लागि वाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाई उच्च स्वास्थ्य सतर्कताका साथ बाहिर निस्कन विज्ञप्तिमा भनिएको छ। उक्त कार्यहरु उल्लंघन गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया




Top