ताजा समाचार


ट्रेन्डिङ :

कोरोनामा जोखिम मोलेर खट्नेलाई सहयोग गर्न एमाले खोटाङको आग्रह

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख २०, सोमबार १४:३९ मा प्रकाशित



चिरञ्जिवि रिजाल बैशाख २० खोटाङ ।
कोरोना भाइरस कोभिड–१९ मा उच्च जोखिम मोलेर खट्नेलाई सहयोग गर्न एमाले खोटाङले आग्रह गरेको छ । आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षकर्मीको मनोबल बढाउन पार्टीका विभिन्न जनवर्गिय संगठनलाई परिचालित हुन आग्रह गरेको हो । सोमबार प्रेस विज्ञप्ति जारी गद्रै नेपाल कम्युनिष्ट पार्टी एमालेले आ–आफ्नो ठाउँबाट कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारलाई सहयोग गर्न पार्टीका सवै जनसंगठनलाई आग्रह गरेको हो ।


एमाले खोटाङका अध्यक्ष राम दंगालको हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ, न्यु भरियन्ट सहितको भाइरसबाट जुध्नको लागि भिडभाड नगरी सामाजिक दुरी कायमगरी मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग आवश्यक छ”। यस्तो जोखिमपुर्ण घडिमा सवैले स्वास्थ्य निर्देशानालयको मापदण्डलाई ध्यान राखी अघाडी बढ्न आग्रह गरिएको छ ।
संक्रमितको सङ्ख्या र आवातजावतलाई हेरेर निषेधज्ञा गर्नुपर्ने अवस्था आएमा नेपाल सरकारलाई सहयोग गर्न सवै आम नागरिकको कर्तव्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ
दोस्रो लहरमा न्यु भेरियन्ट सहितको कोरोना भाइरस नेपालमा तिव्ररुपमा फैलिएको घटनालाई मध्यनजर राख्दै उक्त संक्रमणलाई फैलिन नदिन सावधानी,सचेतना र नेपाल सरकारले तोकेको निश्चित मापदण्डलाई पुर्णरुपमा मालन गर्न एमाले खोटाङले आग्रह गरेको हो ।



प्रतिक्रिया




Top