ताजा समाचार


ट्रेन्डिङ :

साकेलाका दूई पुरुषमा कोरोना पूष्टी

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख २०, सोमबार १३:१६ मा प्रकाशित



 

खोटाङ
साकेला गाउँपालिकाका दुई पुरुषमा कोरोना भाइरस कोभिड–१९को संक्रमण पूष्टी भएको छ । गाउँपालिका–१ बाँझेच्यानडाँडाका ५३ वर्षीय र २० वर्षीय पुरुषलाई कोभिड–१९ को संक्रमण पूष्टी भएको हो ।

गाउँपालिकाले २६ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर बैसाख १८ गते प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाएको थियो । जसअनुसार सोमबार रिपोर्ट दुई जनाको रिपोर्ट पोजेटिभ आएको पालिकाले जनाएको छ । हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङका काम भइरहेको छ ।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेतापनी हाल होम आइसोलेसनमा बसिरहेका उनीहरुलाई मंगलबार बिहान साकेला गाउँपालिका–२ रतन्छास्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा राखिएको जनाइएको छ ।

 



प्रतिक्रिया




Top