ताजा समाचार


ट्रेन्डिङ :

हलेसी तुवाचुङमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख २०, सोमबार १५:१३ मा प्रकाशित



खोटाङ
चिरञ्जिवि रिजाल बैशाख २०
हलेसी तुवाचुङ नगरपालिकामा  अत्यवश्यक बाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । मंगलबारबाट स्वास्थ्य संस्था, औषधी पसल तथा खाद्यान्न पसल बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।
नोवेल कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रण नगर स्तरीय समन्वय समितिका संयोजक इवन राईको अध्यक्षतामा सोमबार बसेको वैठकले यस्तो निर्णय गरेको हो । बैठकले सम्पूर्ण सरकारी, गैर सरकारी कार्यालय, बैंक वित्तिय संस्थाहरु बैशाख मसान्त सम्मका लागि बन्द गरेको सूचना मार्पmत जानकारी गराएको हो ।
खाद्यान्न पसलको हकमा भने बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म नेपाल सरकारले तोकेको मापडण्ड अनुसार पसल खुल्ला हुने जनाएको छ । बैठकले ९कोभिड–१९० को नयाँ भेरियन्टको रोकथामको लागि प्रत्येक वडाका वडाध्यक्षको नेतृत्वमा वडा भित्रका सम्पूर्ण शिक्षकहरुलाई परिचालन गरी वडा तथा टोलहरुमा अन्य स्थानबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गरी अनिवार्य होम क्वारेन्टाइनमा बस्न लगाउने निर्णय गरेको छ । त्यस्तै नगरभित्र क्रियाशिल राजनैतिक दलका भातृ संगठन तथा सुभेच्छुक संस्थाहरुलाई जनचेतनामुलक सन्देश प्रवाह गर्न परिचालन गर्ने, दलका तर्पmबाट निर्देशन दिने निर्णय गरेको छ ।



प्रतिक्रिया




Top