ताजा समाचार


ट्रेन्डिङ :

जिल्ला अस्पतालमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख २१, मंगलवार ०३:१८ मा प्रकाशित



जिल्ला अस्पताल खोटाङमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । सोमबार सुचना जारी गद्रै अस्पतालले दोस्रो लहरको कोरोना माहामारीलाई मध्यनजर राख्दै अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।


अस्पतालको बाहिरंग विभाग विहान १० वजेदेखि मध्यान्न १२ वजेसम्म खुल्ने जनाएको छ । दिर्घरोगीहरुको नियमित रगत जाँच बन्द गरिएको छ ।
जिल्ला अस्पतालमा अत्याधिक भिडभाड हुने हुँदा विरामीको चापलाई न्युनिकरण गर्ने हेतुकासाथ अत्यावश्यक विरामीलाई मात्र सेवा प्रदान गरिने जनाएको छ ।

 



प्रतिक्रिया




Top