ताजा समाचार


ट्रेन्डिङ :

दिक्तेलका दुई पूरुषमा कोरोना पूष्टि

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख २१, मंगलवार १०:२३ मा प्रकाशित



दिक्तेलका दुई पूरुषमा न्यु भेरियन्ट सहितको कोरोना भाइरस कोभिड–१९ पूष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर एक र दुईका पूरुषलाई कोरोना भाइरस पुष्टि भएको हो । आजै चार जनाको एन्टीजेन टेष्ट गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
पिसियार परिक्षण गर्न बाँकी रहेतापनी एन्टिजेनलाई नेपाल सरकारले मान्यता दिइएको जिल्ला अस्पताल खोटाङका निमित्त सुपरिटेन्डेन डा.बैभव माल्लिकले जानकारी दिए । पिसियार बराबरकै एन्टिजेनले मान्यता पाएको डा. माल्लिकले बताए ।
नगरपालिकाका कर्मचारी ३५ वर्षीय पुरुष वडा नम्वर दुईका गूरुङ थरका हुन् । यसैगरी दिक्तेलका २१ वर्षीय पुरुष पाण्डे थरका रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्य प्रसाद सिग्देलले बताए ।

 



प्रतिक्रिया




Top