ताजा समाचार


ट्रेन्डिङ :

म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख २२, बुधबार ०२:२८ मा प्रकाशित



काठमाडौँ
म्यानचेस्टर सिटी आफ्नो इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सिटीले मंगलबार राति इतिहाद रंगशालामा सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी०माथि २(० को विजय प्राप्त गर्‍यो ।

दोस्रो लेगको नतिजासँगै सिटी समग्रमा ४(१ को जितसहित फाइनल प्रवेश गर्‍यो । सिटीले अब उपाधिका लागि मे २९ मा रियल म्याड्रिड र चेल्सीबीचको विजेताको सामना गर्नेछ । घरेलु मैदानमा सिटीलाई जित दिलाउन दुबै गोल रियाद माहरेजले गरे । पहिलो लेगमा सिटी २(१ ले विजयी हुँदा पनि माहरेजले गोल गरेका थिए ।

इंग्लिस प्रिमियर लिग उपाधिको नजिक रहेको सिटीले यस सिजन ‘ट्रेबल’ जित्‍न सक्नेछ । च्याम्पियन्स लिग र प्रिमियर लिग उपाधि नजिक रहेको सिटीले यसअघि नै कारबाओ कप उचालिसकेको छ ।

सिटी यसअघि पेप ग्वार्डिओलाको नेतृत्वमा च्याम्पियन्स लिगको सेमिफाइनल पनि पुग्‍न सकेको थिएन । त्यसो त ग्वार्डिओला कै लागि पनि यो तेस्रो च्याम्पियन्स लिग फाइनल हो । यसअघि उनले सन् २००९ र २०११ मा बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका थिए ।

करिब २० मिनेट १० खेलाडीमा सिमित पीएसजीलाई हराएपछि ग्वार्डिओलाले च्याम्पियन्स लिगको फाइनल पुग्‍न निकै कठिन रहेको प्रतिक्रिया दिए । ‘अरुलाई लाग्‍न सक्छ हामी सजिलै च्याम्पियन्स लिगको फाइनल पुगेको हो । तर यो सत्य होइन । हामीले विगत चार वा पाँच वर्षदेखि महेनत गर्दै आएका छौँ । यी खेलाडीहरुले प्रत्येक दिन पसिना बगाएका छन्,’ ग्वार्डिओलाले भने । इकागज



प्रतिक्रिया




Top