ताजा समाचार


ट्रेन्डिङ :

खोटाङमा कोरोना संक्रमितको सङ्ख्या ५९ पुग्यो, कुन पालिकामा कति हेर्नुहोस् ।

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख २८, मंगलवार १४:४६ मा प्रकाशित



न्यु भेरियन्ट सहितको कोरोना भाइरस कोभिड–१९बाट जिल्लामा संक्रमितको संङ्ख्या ५९ पुगेको छ । मंगलबार जिल्ला अस्पताल खोटाङले सुचना जारी गद्रै जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ५९ पुगेको जानकारी दिएको हो ।


जिल्लामा १ सय ४४ जनाको एन्टिजेन परिक्षण गर्दा हालसम्म ५९ जनालाई कोरोना पुष्टि भएको जनाएको छ । जसअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १०२,हलेसीमा १५,एेंसेलुखर्कमा १५,जन्तेढुंगामा ४ र साकेलाका ८ जनामा एन्टिजेन परिक्षण गरिएको थियो ।
यसैगरी पिसियार टेष्टमा खोटेहाङमा ३० र ६९  गरिएको थियो  ।  ३ सय २१ जनाको पिसियार र एन्टिजेन टेष्ट गरिएको अस्पतालले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । त्यसअनुसार ३९ पुरुष र २० महिला संक्रमित भएका छन् भने २ सय १ जनामा कोरोना परिक्षणमा नेगेटिभ अर्थात् कोरोना नभएको पुष्टि भएको थियो ।
हाल संक्रमित मध्ये ५० जना होमआइसुलेसनमा र ९ जना हस्पिटलमा भर्ना भएर उपचार भैरहेको जनाइएको छ । त्यसमध्ये २ जना दिक्तेलको हस्पिटलमा र ७ जना साकेला गाउँपालिकाको कोभिड अस्पतालमा उपचारत छन् ।
३ सय २१ जनामा भएको कोरोना परिक्षणमा अहिले ६९ जनाको नतिजा आउन बाँकिरहेको जिल्ला अस्पतालले जनाएको छ ।



प्रतिक्रिया




Top