ताजा समाचार


ट्रेन्डिङ :

सांसद भट्टराई द्धारा अक्सिजन सहित आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख २९, बुधबार ०४:२४ मा प्रकाशित



खोटाङका प्रतिनिधि सभाका सांसद विशाल भट्टराई द्धारा अक्सिजन सहित आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । मंगलबार सांसद भट्टराईले अक्सिजन सिलिन्डर, अक्सिमिटर, भि टी एम किट, मास्क, सेनिटाइजर, गाउन, पञ्जा लगायतका आवश्यक स्वास्थ्य सामाग्री जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण  गर्नुभएको हो ।
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक समेत रहेका सांसद भट्टराईले आफ्नै पहलमा स्वास्थ्य विभागबाट कोभिड–१९ को नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।
विश्वमै महामारीको रुप लिएको कोरोना भाइरसलाई नियन्त्रण तथा कोभिडबाट रोजगारी गुमाएकालाई राहत संकलन गरी उपत्यका लगायत जिल्लावासीलाई विभिन्न खाद्यन्न सामाग्री वितरण गर्ने काम गरिरहनुभएको छ ।



प्रतिक्रिया




Top