ताजा समाचार


ट्रेन्डिङ :

कालोबजारी रोक्न साकेलाको बजार अनुगमन

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख ३०, बिहीबार ०३:१४ मा प्रकाशित



समायोजन खबर
खोटाङको साकेला गाउँपालिकाले बजार अनुगमन गरेको छ । कोभिड–१९ को महामारीका बेला हुनसक्ने मूल्य बृद्धि, कृत्रि अभाव एवं कालोबजारी नियन्त्रणका लागि बुधबार बजार अनुगमन गरेको हो ।

गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ बजारका खाद्य तथा किराना पसल अनुगमनका गर्दा एरिका किराना पसलबाट म्याद गुज्रेको १४ थान कोलगेट, जेनिस जस्विन स्टोरबाट १ बट्टा चकलेट, गुराँस किराना पसलबाट ६ पोका बेसार र २० पोका खाने सोडा तथा कट्टेल किराना पसलबाट १ बट्टा ललिपप चकलेट बरामद गरिएको गाउँपालिकाका रोजगार संयोजक प्रविण पोखरेलले जानकारी दिए ।

बजार अनुगनकाक्रममा फेला परेका म्याद नाघेका सामान जलाएर नष्ट गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगर, कार्यक्रम अधिकृत दुर्गबहादुर राई, प्रहरी नायब निरिक्षक शम्भुप्रसाद पौडेल, हवल्दार राजकुमार तामाङ, रोजगार संयोजक पोखरेल लगायतको टोलीले बजार अनुगमन गरेको हो ।



प्रतिक्रिया




Top