ताजा समाचार


ट्रेन्डिङ :

ऐसेलुखर्कका एक वृद्धको कोरोनाका कारण ज्यान गयो

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ जेष्ठ १, शनिबार ०४:३० मा प्रकाशित



खोटाङको एेंसेलुखर्क गाउँपालिकाका एक वृद्धको कोरोना भाइरस कोभिड–१९ बाट ज्यान गुमाएका छन् । ऐसेलुखर्क वडा नम्बर ३ का राजभण्डारी थरका ८० वर्षिय वृद्धको शनिबार नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले ज्यान लिएको हो ।
एन्टिजेन गरेर रिपोर्ट पोजेटिभ आएको २४ घण्टा नबित्तै राजभण्डारीको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका कोभिड फोकल पर्सन डा.आनन्द लामिछानेले जानकारी दिए । होम आइसोलेसनमै बसेका मृतक राजभण्डारी सुगर प्रेसर मृगौला रोगीका पिडित थिए ।
अनलाइन आवाज सित कुराकानी गद्रै डा. लामिछानेले भने उनको मृत्यु हुँदा विहानको ६ बजेर ३० मिनेटमा

भएको थियो ।
यसैगरी जिल्लामा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संङ्ख्या ११६ पुगेको छ । जसमा एक जनाले कोरोना जितेर घरफर्किसकेका छन् भने एक जनाको मृत्यु भएको हो ।
जिल्लामा कोरोना भाइरस तिव्रगतिमा फैलिरहेको अवस्थामा समेत जिल्लामा पुर्णरुपमा निषेधाज्ञा भने लागुभएको पाइएको छैन । यस्तो विषम परिस्थितिमा समेत स्वास्थ्य मनत्रालयको मापदण्डलाई कुल्चेर नजानिदो किसिमले सदरमुकाम लगायत अन्य पालिकाहरुमा कोरोना संक्रमितको संख्या भने बढ्दै गएको आकला गरिएको छ ।

 



प्रतिक्रिया




Top