ताजा समाचार


ट्रेन्डिङ :

दिक्तेलका मेयर उपमेयरको गाडी एक्बुलेन्समा रुपान्तरण

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ जेष्ठ १, शनिबार ११:४५ मा प्रकाशित



चिरञ्जिवि रिजाल
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले प्रयोग गद्रै आएको गाडीलाई एम्बुलेन्सको रुपमा रुपान्तरण गर्नुभएको छ । नगरप्रमुख रिजाल र उपप्रमुख राईले कोरोना भाइरसका बिरामीलाई अस्पताल सम्म ल्याउन सहज वातावरण बनाउने उद्देश्यका साथ शनिबार बाट आफ्नो गाडीलाई एक्बुलेन्सको रुपमा रुपान्तरण गर्ने निर्णय गर्नुभएको हो ।
आफूहरु निर्वाचित भएर आएदेखि जनताका दुख र मर्कालाई महशुस गद्रै आउनुभएका रिजालले बा २ झ ३४६७ र उपप्रमुखले प्रयोग गर्दै आएको को १ झ ६६८ नम्बरको दुवै गाडीलाई एम्बुलेन्सको रुपमा सञ्चालन हुने गरी आजैबाट सञ्चालनमा ल्याउन दिने भएका हुन् ।
नगरपालिकामा भएको एउटा एम्बुलेन्स हिजो बिरामी लिएर काठमाडौ गएको र आज एक जना संक्रमित विरामीको श्वासप्रश्वासमा समस्या देखिएकाले उनलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउनका लागि गाडीको व्यवस्था हुन नसकेपछि बिरामीलाई अस्पतालसम्म पु¥याउन र ल्याउनका लागि प्रयोग गर्न आफू चढ्ने गाडी दिएको नगरप्रमुख रिजालले बताउनु भयो । नगरप्रमुख रिजालका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका कटवाल थरका २९ वर्षीय पुरुषलाई आफ्नो गाडीबाट कोशी कोभिड अस्पताल बिराटनगर पठाइएको हो ।

 



प्रतिक्रिया




Top