ताजा समाचार


ट्रेन्डिङ :

खोटाङमा संक्रमितको सङ्ख्या १ सय ८७ पुग्यो,१० जना निको भइ घर फर्के

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ जेष्ठ ४, मंगलवार १४:०७ मा प्रकाशित



जिल्लामा नयाँ स्वरुपको कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या १ सय ८७ पुगेको छ । अहिलेसम्म जिल्लामा १ जना संक्रमितको मृत्यु हुँदा १० संक्रमितले कोभिड–१९ लाई जितेर घर फर्किसकेका छन् ।
स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन आनन्द लामीछानेले अनलाइन आवाजसित कुराकानी गद्रै भने खोटाङमा थप ४४ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभित्र रावाबेँसी गाउँपालिकामा १५ जना, जन्तेढुंगा गाउँपालिकामा १३ जना, केपिलासगढी गाउँपालिकामा ८ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना र हलेसी तुवाचुङ नगरपालिकामा ३ जना गरी ४४ जालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको डा.लामिछानेले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५६ जना, हलेसी तुवाचुङ नगरपालिकामा ३८ जना, साकेला गाउँपालिकामा २१ जना, रावाबेँसी गाउँपालिकामा २० जना, जन्तेढुंगा गाउँपालिकामा १८ जना, ऐसेलुखर्क गाउँपालिकामा १५ जना, खोटेहाङ गाउँपालिकामा १० जना र केपिलासगढी गाउँपालिकामा १० जना सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमध्ये १६९ जना होमआइसोलेसनमा, १३ जना संस्थागत आइसोलेसनमा र ५ जनालाई थप उपचारका जिल्ला बाहिर रेफर गरिएको जनाइएको छ ।



प्रतिक्रिया




Top