ताजा समाचार


ट्रेन्डिङ :

दिक्तेल बजारमा प्रहरी परिचालन,हिडडुल गर्न प्रतिबन्ध

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ जेष्ठ ७, शुक्रबार ०८:५८ मा प्रकाशित



नयाँ स्वरुपको कोरोना भाइरस लाई नियन्त्रण र नियमन गर्ने उद्देश्यकासाथ दिक्तेल बजारमा प्रहरी परिचालन गरी हिडडुल गर्न पुर्ण रुपमा प्रतिबन्ध लगाएको खबर प्राप्त भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालका अनुसार नगरभित्रका १५ वटै वडा आजैबाट सिल गरिएको जानकारी दिए ।
कोरोना भाइरसको उच्च जोखिमा रहेको यस नगरपालिकामा आजबाट आवतजावत गर्ने कार्यलाई समेत पुर्णरुपमा बन्द गरिएको नगरप्रमुख रिजालले बताए ।
नगरपालिकालाई कसरी कोरोनाबाट हटाएर पुर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा गृहकार्य गरिरहेको उनको भनाइ छ । नगर क्षेत्रभित्र संक्रमितको संख्या पनि बढ्दो अवस्थामा रहेको कुरालाई मध्यनजर गर्दै उच्च कडाईका साथ नगरपालिका सिल गरिएको जनाइएको छ ।
दिक्तेलका ५४ वर्षीय प्रदिप राजभण्डारीको गए राति जिल्ला अस्पतालमा कोरोना संक्रमणका कारण निधन भएको थियो । उनको शव हाल दिक्तेल र दोर्पाको बिचमा रहेको मेवाखोलामा अन्तिम दाहसंस्कार भैरहेको स्थानियले बताएका छन् ।

 



प्रतिक्रिया




Top