ताजा समाचार


ट्रेन्डिङ :

कोरोना पीडित परिवारलाई राहत प्रदान

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ जेष्ठ १३, बिहीबार ०८:११ मा प्रकाशित



विस्वमै महामारीको रुप लिएको नयाँ स्वरुपको कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित परिवारलाई राहत प्रदान गरिएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–८ का कोरोना संक्रमित खड्गबहादुर श्रेष्ठ र मक्कर थामिको परिवारलाई राहत वितरण गरिएको हो ।
कोरोना भाइरसले आक्रान्त पारिरहेको बखत संक्रमितले आफ्नो दैनिक गुजारा टार्न समेत कठिनाइ भोगिरहेको खबर पाउनसाथ नेपाल विद्यार्थी संघ खोटेहाङ गाउँपालिकाका अध्यक्ष गणेश खड्काले उक्त दुई परिवारलाई राहत प्रदान गरेका हुन् ।
उनले १ बोरा चामल, २ केजि दाल, २ लिटर तेल,२ केजि नुन र पाँच थान सर्जिकल मास्क कोरोना पीडित श्रेष्ठ र थामीको परिवारलाई घरमै खाद्यन्न सामाग्री प्रदान गरिएको जनाए । दुबै परिवारका श्रीमान् र श्रीमती नै कोरोना संक्रमित भएपछि स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यार्थी नेता खड्काले संक्रमितको घरमै पुगेर यथार्थ कुरा बुझेका थिए ।
यथार्थ कुरा बुझ्नासाथ संक्रमित थामीको घरमै पुगेर राहत प्रदान गरेका थिए विद्यार्थी नेता खड्काले । संक्रमित मक्कर थामीले राहत लिदै भने” हाल घरमा खानको लागि केही थिएन तर नेविसंघ नेता खड्काले खानको लागि खाद्यान्न ल्याइदिनुभयो । उहाँले हामिलाई यो विषम परिस्थितिमा हाम्रो घर आई खाद्यान्न ल्याइदिँदा हामीलाई केही दिनसम्म खानका लागि भए पनि खाद्यान्न पुग्ने भयो उहाँले हामिलाई गर्नुभएको यो सहयोग अतुलनीय छ साथै उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहान्छौँ। ”



प्रतिक्रिया




Top