ताजा समाचार


ट्रेन्डिङ :

महामारीमा सदैव जनताको साथमा हुनेछौं : मेयर रिजाल (अन्तर्वार्ता)

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ जेष्ठ २९, शनिबार १३:४३ मा प्रकाशित



नयाँ स्वरुपको कोरोना भाईरस कोभिड–१९ का कारणले विस्व दुनिँया नै आक्रान्त छ । कोरोना नियन्त्रणका लागि नेपाल सरकारले देशभरी लकडाउनमा गरेको छ । उक्त लकडाउनको पालन गराउने जिम्मा स्थानीय सरकारको भुमिका रहन्छ । गाउँ टोल वस्ति सम्म डढेलो झै सल्केको कोरोना भाइरस कोभिड–१९ बाट बच्न वडा वडा सम्म कडा प्रतिबन्ध सहित स्थानिय सरकारले प्रबेश निषेध समेत गरिसकेका छन् । पछिल्लो समय कोभिड–१९ बाट खोटाङ जिल्ला समेत अछुतो रहेन् ।
खोटाङ जिल्लामा मात्रै करिब 1 हजार ३ सय ७० जना कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्य प्रसाद सिग्देलले जानकारी दिएका छन् । जसमा हालसम्म ५ सय ९६ जनाले कारोना जितिसकेका छन् । कोरोना नियन्त्रण अभियानमा जिल्लाकै ठुलो तथा केन्द्र समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कसरी काम गरिरहेको छ ? कोरोना नियन्त्रणमा नगरपालिकाले के कस्तो पहल गरेको छ अहिले नगरमा कोरोनाको अवस्था के छ भन्ने बिषयमा पत्रकार दिवस रिजालले नगरप्रमुख दिपनारायण रिजाल सित गरेको कुराकानीका संवादित अंस ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न नगरपालिकाले के कस्तो पहल गरिरहेको छ ?
१५ वटा वडा रहेको हाम्रो नगरपालिका क्षेत्रफलको हिसावले र जनसँङ्ख्याको हिसावले ठुलो नगरपालिका हो । हामीले नगरवासीलाई कोरोना भाइरसबाट बचाउनको लागि नियमित र लगातार विभिन्न स्थानहरुको अनुगमन गरी यसबाट बच्न निरनकरणका उपाए समेत खोजी गरिरहेका छौं । हाम्रो नगरपालिकामा कोभिड–१९ सम्बन्धी शन्देस मूलक सुचना तथा जानकारी र यसबाट बच्ने उपायहरुको गाउँमै पुगेर दिराखेका छौं । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र समेत रहेको यो नगरपालिकामा निश्चयनै आवात जावत तथा चहल पहल बढी नै हुन्छ तर नगरपालिकामा भित्रिने मानीसहरु र तीनका परिवारलाई सावधानीका उपायहरुको वारेमा लगातार सचेतना गराएका छौ । आ–आफ्नो घरभित्रै रहेर आफू पनि बच्न र अरुलाई पनि बचाउन अती नै आवस्यक छ । हामीले अहिले पुरै नगरपालिका सिल गरेका छौं । लक डाउनको पालना र क्वारेन्टाईन व्यवस्थापनका लागि नगरस्तरीय समन्वय समिति गठन गरी सो समिति मार्फत अनुगमनलाई प्रभावकारी बनाई सो कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राष्टसेवक कर्मचारीको मनोबल वढाउन तथा आमनागरिकलाई धैर्य र संयमित पार्न हरेक वस्तीमा पुगेका छौं र विभिन्न चेतनामूलक कार्यहरु पनि गरिएका छौं ।

नगरपालिकामा आइसोलेसन वार्डको अवस्था कस्तो छ ? ब्यवस्थापन कसरी गरिरहनु भएको छ ?
जिल्ला आयुर्वेद स्वास्थ्य अस्पतालमा हामीले अक्सिजन सहितको ३२ बेडको आइसोलेसन वार्ड निर्माण गरेका छौं । हाल यस आइसोलेसन वार्डमा  स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु र कर्मचारीहरुको सहयोगले  राम्रो व्यवस्थापन गरिएको छ । आवस्यकता अनुसार मानीसहरु थपिदै गए भने त्यसका लागि हामीले थप बेड थप्न मिल्ने गरी अक्सिजन सहित आवश्यक दक्ष जनशक्ति तयारी अवस्थामा राखेका छौं ।

अहिले दिक्तेल नगरपालिका पुरै सिल छ ?लकडाउन कार्यान्वयन र व्यवस्थापनमा के कस्ता कठीनाईहरु आइपरेका छन् ?
लकडाउन पालना र आइसोलेसन वार्ड व्यवस्थापन निकै चुनौतीपूर्ण नै रह्यो । दैनिक आवाज जावतमा बाक्लो उपस्थिति रहेको दिक्तेल बजारमा नियमित भिड लाग्ने गर्दथ्यो । कोरोना नियन्त्रण गर्न भिडलाई रोक्न तथा आवत जावतमा रोक लगाउनका आवश्यक ठानी हामीले १५ वडा रहेको नगरपालिकालाई पुरै सिल गर्यौं । लकडाउनलाई कार्यन्वयन गराउन हामीले सुरक्षा निकाय सित आह्वान गरेर अहिले प्रहरी परिचालन गरिरहेका छौं । पहिले भन्दा अहिले जनतामा निकै परिवर्तन आएको हामीले महशुस गरेका छौं । अहिले आवात जावतमा जनता सचेत भएर घरमै वसिरहेका छन् । यदाकदा आवश्यक काम बाहेक अनावश्यक रुपमा बाहिर हिँक्वारेन्टाईनमा व्यवस्थापन गर्न गाह्रो भएपछि घरपरिवारको रहोवरमा सेल्फ क्वारेन्टाईनमा बस्ने गरी पठाईएका छन् । लकडाउन कार्यान्वयन र क्वारेन्टाईन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, संचारकर्मी कर्मचारीहरु जनप्रतिनिधी अहोरात्र खटिएर लाग्नु भएको छ । जसले व्यवस्थापन सहज बनेको छ ।
अन्त्यमा तपाईले नगरबासीलाई दिइने सन्देश केही छ की ?
कोरोना भाईरसले हाल विश्व नै आक्रान्त बनेको छ । यसबाट बच्न पूर्ण रुपमा लकडाउनको पालन गरी गराई आफू पनि बच्यौ र अरुलाई पनि बचाउ साथै महामारीले कसैलाई पनि चिन्दैन जोसुकैलाई आईलाग्न सक्ने भएकाले आफ्नो वानी व्यहोरामा आमूल परिवर्तन गरौं नियमित रुपले सावुन पानीले हात धुने गरौं हात मिलाउने हैन नमस्कारको संस्कृती विकास गरौं । हामी निर्वाचित भएर आएपछि म नगरप्रमुख र उप प्रमुख विणादेवी राई ज्युले प्रयोग गद्रै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिसकेका छौं । कुना कन्तारमा रहेका नगरभित्रका बिरामीलाई जिल्ला अस्पताल सम्म आएन सजह वातावरण निर्माण होस् भनेर हाम्रो गाडी बुझाएका हौं । नगरपालिकाले प्राप्त श्रोत साधनको उच्चमत उपयोग गर्दै नगरपालिकाको पुरै संयन्त्र नगरवासीलाई बचाउन लागि परेको छ । नगरको हरेक संयन्त्र जतिबेला जे जस्तो अवस्थामा पनि लागि पर्नेछ ।
अन्त्यमा, जो जहा जस्तो अवस्थामा रहेता पनी सुरक्षित साथ बस्नुहोला । ज्यान बचाउन सके भोली जे पनी गर्न सकिन्छ । संयमित र अनुसासन रहित ब्यक्तिगत ब्यहारले महामारी सित लड्न सकिने भएकाले सावधानी पुर्व रहन अनुरोध गर्दछु । नगरवासी लाई बचाउन जुनसुकै विषम परिस्थिति आए पनि खाद्यान्न औषधीउपचार लगायत जस्तो सुकै समस्याको सामना गर्न दिक्तेल नगरपालिका सधै तत्पर र तयार अवस्थामा छ । यस्तो विषम परिस्थितिमा यहाँहरुकै साथमा रहने विश्वास दिलाउन चाहन्छु । आफ्नो विचारलाई संप्रेषण गर्ने मौका दिनुभएकोमा तपाई लगायत तपाईको यस अनलाइन आवाज मिडियालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।



प्रतिक्रिया




Top