ताजा समाचार


ट्रेन्डिङ :

कांग्रेस खोटाङमा आगामी नेतृत्वको लागि चार जनाको नाम चर्चामा

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ असार २३, बुधबार १३:०७ मा प्रकाशित



नेपाली कांग्रेसको १४ औ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भए पछि यतिबेला खोटाङे कांग्रेसको आगामी नेतृत्वमा भन्ने चर्चा यतिवेला वडाको तल्लो तहसम्म चुलिएको छ । कांग्रेसले २०७८ साउन १२ गते वडा अधिवेशन साउन १६ गते गाउँ र नगर समितिको अधिवेशन साउन २० गते प्रदेश निर्वाचन क्षेत्रिय अधिवेशन साउन २३ गते एक निर्वाचन क्षेत्र भएका जिल्लाहरुको अधिवेशन गर्ने भएको छ । यसैगरी भाद्र १ र २ गते प्रदेश समितिको अधिवेशन तथा भाद्र १६,१७,१८,र १९ गते केन्द्रिय महाधिवशन गर्ने जनाइएको छ ।

देशभर कांग्रेस अधिवेशनको हुने भएपछि अबको नयाँ नेतृवमा को आउला भन्ने आम सर्वसाधारणको चासोको विषय भएसँगै गाउँघरमा बहस सुरुभएको छ । यसको विषयमा बहस चलिरहदा खोटाङमा पनि भावी नेतृत्वको लागि यतिवेला विषेश रुपमा चर्चा सुरु भएको हो ।
आगामी नेतृत्वको लागि पार्टी सभापतीका संभावित उम्मेदवार हुन हालका पार्टी सभापति नरेशकुमार श्रेष्ठ । सभापतीमा दुइ कार्यकाल बन्न पाउने पा्रवधान भएकोले आफुले पार्टी सभापतिमा उमेृद्वार दिने बताए । आगामी नेतृत्वको लागि गृहकार्य समेत गरिरहेको उनले बताए । उनी २०७२ सालमा सभापतिमा चयन भएका थिए ।

कांग्रेस खोटाङको आगामी नेतृत्वको लागि पार्टी सभापतीका बलियो प्रत्यासी मध्येका एक हुन तिर्थराज भट्टराई । उनी २०७० साल देखि दुई कार्यकाल कांग्रेस खोटाङका क्षेत्रिय सभापती भएका थिए । २०४६ साल देखि लगातार विद्यार्थी राजनितिबाट सक्रिय भट्टराई पत्रकार महासंघको केन्द्रिय पार्षद समेत बनेका थिए । आगामी नेतृत्वको लागि पार्टी सभापतिमा उमेद्वारी दिने तयारी गरिरहेको उनको भनाइ थियो । आगामी नेतृत्वमा कांग्रेस सभापतीमा निर्वाचित भए खोटाङलाई कांग्रेसमय बनाउने योजना रहेको उनको भनाइ छ ।

पार्टी सभापतिमा उमेद्वारी दिने नेपाली कांग्रेसको लोकप्रिय नेता पुर्व राज्यमन्त्री सर्वधन राई हुन् । उनी दुइ पटक उद्योग पर्यटन राज्यमन्त्री भएका थिए भने दुइ पटक सभापतिको प्रत्यासी उमेद्वार समेत भएका थिए । उनी समेत पार्टी सभापतिकोलागि भित्रभित्रै लागि परेको जनाइएको छ ।

सभापतीको आकांक्षी मध्य एक हुन् विरकाजी राई । २०५७ सालदेखी क्षेत्रिय सभापति हुँदै पार्टी सह सचिव देखि लिएर क्रमस पार्टी सचिव २०६७ सालदेखि २०७२ साल सम्म भएका थिए । उनले भने आगामी नेतृत्वको लागि आफु पनि पार्टी सभापतिमा उमेद्वारी दिने तयारीमा रहेको बताए । आफु निर्वाचित भए पार्टीलाई एकढिक्का बनाएर जिल्लालाई स्थानिय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म कांग्रेसलाई जिताउने योजना सहित अघाडी बढीरहेको बताएका छन् ।

 



प्रतिक्रिया




Top