ताजा समाचार


ट्रेन्डिङ :

रावाखोलाको पानी हौंचुरमा,स्थानिय हर्षित

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ असार २७, आईतवार १२:४३ मा प्रकाशित



जिल्लाको रावावेसी गाउँपालिकामा पर्ने रावाखोलाको पानी लिफ्टिङ मार्फत हौंचुरमा पुर्याइएको छ । उर्वर भुमीमा सिंचाइ गर्ने हेतुकासाथ रावाखोलाबाट करिब एक सय पचास मिटर माथि वडा नम्बर ६ हौंचुरमा आइतबार पानी निकालिएपछि स्थानिय हर्षित भएका हुन् ।
गाउँपालिकाको पहिलो सिंचाइ आयोजनालाई मुर्तरुप दिँदै पालिकाका पुरै वडामा लिफ्टिङ मार्फत उर्वर रावावेसीका खेतियोग्य जमिनमा सिंचाइ गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले जानकारी दिए । अझ पचास मिटर माथी लैजाने लक्ष्य राखिएको भन्दै अब छिटै अर्को वडा दुवेकोलमा पानी लिफ्टिङ आयोजनाको काम थालनी हुने उनको भनाई छ ।
गिद्दे लिफ्टिङ सिंचाई आयोजना सम्पन्न पार्न गाउँपालिकाको ६ लाख रकम विनियोजन गरेको जनाइएको छ । विद्युतको सहायताले भुतियाबाट बाद्रे सम्म पानि लिफ्टिङ गरिएको हो । गिद्धेबेँसीका लगायतका आसपासका क्षेत्रका करीब १ सय ५० रोपनी खेतमा यो आयोजनाले सिंचाइ गर्न कृषकले उपभोग गर्ने छन् । यति माथिसम्म पानी आउला र खे ितगर्न पाइएला भनेर किसान वर्गले सोचेका पनी थिएनन् । तर आँखै अघाडी पानीको धारो खस्दा किसान दंग छन् ।



प्रतिक्रिया




Top