ताजा समाचार


ट्रेन्डिङ :

सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काइयो

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ असार २७, आईतवार ०४:४४ मा प्रकाशित



असार २७
खोटाङको बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको सरकारी जग्गामा बनाइएका घर तथा टहरा जोजरको सहायताले भत्काएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरालाई शनिबार डोजर लगाएर भत्काइएको गाउँपालिकाले जनाएको छ । बराहपोखरी–१ मा रहेको शंखेश्वर मन्दिरको गुठी तथा सार्वजनिक जग्गामा बनाइएका घर टहरा भत्काईएको हो ।
बराहपोखरी क्षेत्र आसपासमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाउनका लागि पटक पटक सुचना जारी गर्दा समेत अटेरगरेपछि सुरक्षा निकायको वाक्लो उपस्थितीमा उक्त घर टहरा भत्काईएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत मान बहादुर बनले जानकारी दिए । तीन पल्ट दिइएको समयलाई स्थानीयले बेवास्ता गरेपछि गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुशार गाउँपालिकाले १० दिनको अवघि दिएर घर टहरा भत्काइएको जनाइएको छ ।

नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समेत समावेश गरिएको यस बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसिरहेका भुवन श्रेष्ठ, ढकबहादुर कार्की, तोर्णबहादुर कार्की, शिव श्रेष्ठ, कर्णकुमार श्रेष्ठ, खगेन्द्र राई, भिमवहादुर तामाङ, हर्कवहादुर तामाङ, भरत तामाङ, अर्जुन तामाङ, रामजी फुयाल, तिलकबहादुर मगर, गंगा विक, डिल्ली गिरी, महेन्द्र विष्ट, केदार राई, तिर्था तामाङ, गोकर्ण राई, डम्बरहादुर राई, पदम राई, ध्रुव गिरी, धनबहादुर राई, गणेशबहादुर राई, रामबहादुर राई, मदन राई, हिमाल राई र हरिहर खत्रीको नाममा गाउँपालिकाले घर–टहरा हटाउन सूचना समेत जारी गरेको थियो ।
कतिपयले आफै घर भत्काए भने कतिपयले एक तला तथा कतिपयले छाना भत्काइसेका थिए । तर, अहिलेसम्म अटेर गरेर बसिरहेका तीन वटा सग्लो घरलाई भने डोजर लगाएर भत्काउनु परेको गाउँपालिकाका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए ।



प्रतिक्रिया




Top