ताजा समाचार


ट्रेन्डिङ :

खोटाङ भ्रमणमा जाँदा अनिवार्य पुग्नै पर्ने गन्तव्य : भुलभुले दुधकुण्ड

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ श्रावण १८, सोमबार १२:३९ मा प्रकाशित



दिवस रिजाल साउन १८

मानव चेतनसिल प्राणि हो । मानव जन्मन्छ त मर्नेको लागि हो । मानव यो विशाल भुमिमा पाइला टेक्नासाथ आफ्नो लक्ष्य र भविष्यको बाटो रोज्दै विस्तारै आफ्ना पाइला अगाडी चाल्ने गर्दछ । मानव जिवनमा कतिपय इच्छा र चाहाना हुन्छन् ता की ऊ आफ्नो गन्तव्यमा पुग्न सफल रहोस् । रमाइलो ठाउँ घुम्ने इच्छा चाहाना परिपुर्ति गर्ने चाहाना सहित योजना बनाउँदा आफु घुम्न जाने ठाउँ ठम्याउँन नसक्दा पछि गएर पछुताउने सिवाय अरु देखिएन ।
के तपाई खोटाङ भ्रमण गर्दै हुनुहुन्छ एक पटक पुग्नै पर्ने गन्तव्य हो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ मा अवस्थित भुलभुले दुधकुण्ड । सदरमुकाम दिक्तेलबाट नौ किलोमिटर दूरीमा रहेको भुलभुले दूधकुण्ड देउधामको मनमोहकता देखेर जो कोही मोहित हुने गर्छन् । यसको सुनदरताको बयान गर्न निकै कठिन छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण भुलभुले घनाघोर जंगलका बीचमा रहेको छ ।
बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । सोही पानीमा कहिल्यो नबढ्ने रगिंबिरगिं माछा कुदिरहेको दृश्यले जो कोहिलाई मोहित पारिरहेको हुन्छ । त्यही माथि करिब १० देखी २० मिनेटको उकालो चढ्दै सेल्फि खिच्दै हिनेको पत्तै पाइदैन । अलि माथि पुगेपछि रुवालुङ झरनाले सारा दुःख, पीर, व्यथा नै भुलाइदिन्छ । कथित मनभित्र रहेको अनेकौं कुराहरु ख्ेलिरहेको बखत मनै शान्त पार्ने भुलभुले देउधाममा पछिल्लो समय दर्शनाथीको बाक्लो भीड लाग्ने गरेको छ । भुलभुले दूधकुण्ड देउधामको जति नै चर्चा गरे पनि कमै हुन्छ ।
हिन्दु तथा किरात धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा परिचित यस भुलभुलेमा आन्तरिक तथा बाह्य पर्यटकसमेत भुलभुले पुगेकै हुन्छन् । भुलभुले दर्शन गर्दा मनोकांक्षा पूरा हुने, निःसन्तानले सन्तान प्राप्ति गर्ने विश्वास रहिआएको छ अहिले पोखरीमा कम्पाउन्ड, मन्दिर छिर्ने गेट, छानासहितको फलामे बेन्च, ठाउँठाउँमा फोटोसहित सूचना पाटी लगायत वरिपरी फुलहरुको सुगन्धले साच्चिकै मन मोहित पारिरहेको हुन्छ । मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरहेको मूर्ति छ । मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा अलिक ठूलो माछा खेलिरहेको हुन्छ । माछा बस्ने कुर बस्ने ठाउँ छैन । बढेर ठूलोसमेत नहुने माछा कहिले उत्पादन भएको हो पत्तो छैन । प्राकृतिक पोखरीका बीचमा किराँत समुदायको पहिलो राजा यलम्बरको पूर्णकदको शालिक राखिएको छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने नेर्पामा अवस्थित भुलभुले दूधकुण्डको प्रवद्र्धन गर्न नगरपालिकाको रु करिब ६० लाख लगानीमा पुरानो संरचनालाई संरक्षण गर्दै स्तरोन्नति गरिएकोले आफरहरु निर्वाचित भएपछि यसको महत्व निकै चुलिएको नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिनुभयो ।
जमीनमुनिबाट भुलभुले गरेर उम्रने भुलभुले दूधकुण्डको पानीले नुहाएमा तथा स्नान गरेका रोगव्याधी नष्ट हुने जनविश्वास रहिआएको छ । पछिल्लो समय सबैको गन्तव्यस्थल बन्दै गएको भुलभुले दूधकुण्डमा आउने भक्तजनले पूजापाठसँगै परेवा जोडी उडाउने गरेका छन् । दिक्तेल बजारबाट यातायातका सवारी साधन प्रयोग गरेर जाँदा करीब आधाघण्टामा पुगिने भुलभुले दूधकुण्डमा प्रेमी÷प्रेमिकाले आपसमा गरेको प्रेमले पूर्णता पाओस् भन्ने कामनासमेत गर्ने गर्छन् ।

 



प्रतिक्रिया




Top