ताजा समाचार


ट्रेन्डिङ :

पालिका प्रमुख राईको निरन्तर पहल र खबरदारीले बल्ल बन्यो पुल

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ श्रावण १९, मंगलवार १०:११ मा प्रकाशित



दिवस रिजाल असार १९
जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्रने प्रमुख नाका मानिएको फेदीस्थित साप्सुखोलामा निर्माण शुरु गरिएको मोटरेबल पक्की पुल पालिका प्रमुख भुपेन्द्र राईको पहलमा निरन्तर खबरदारी र सक्रियताले बल्ल पुल सञ्चालनमा आएको छ । दिक्तेल र दिप्रुङ जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पक्की पुल सोमबारदेखि सञ्चालनमा आएको हो ।
साप्सुखोलामा मोटरेबल पक्की पुल नहुँदा वर्षादको समयमा बन्द हुने बाध्यता सृजना हुने गर्दथ्यो । हिंउदमा मात्र सञ्चालन हुने यो सडकमा यातायात सञ्चालन नहुँदा दैनिक आवतजावतमा समस्या हुने गर्दथ्यो । । प्राकृतिक नाकाबन्दीको समस्या झेल्दै आएका दिप्रुङबासी साप्सुखोलामा पक्कि पुल बन्दा दंग छन् ।
आफु निर्वाचित भएदेखि देखेको सपना बल्ल आज आएर पुरा भएको प्रमुख राईको भनाई छ । पुल सञ्चालनमा ल्याएपनि अन्य बाँकि काम हुन अझै समय लाग्ने उनको भनाई हो । करीब पाँच करोड ६० लाख दश हजार ५४५ मा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल लाई सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा गाउँपालिकाको रु दुई करोड बजेटमा निर्माण सम्पन्न भएको उनले बताए । उक्त पक्की पुल ४० मिटर लामो छ भने यस पुलको ठेक्का सुर्य एण्ड सन्स प्रा.लि.ले निर्माण सम्पन्न गर्ने जिम्मा लिएको थियो ।
२०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ जेठ १७ गते उक्त पक्की पुलको ठेक्का सम्झौता भएको थियो । उक्त पुल सञ्चालनमा ल्याएपनि यस पुलको औपचारीक उद्घाटन हुन भने बाँकि छ । पक्की पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि आवतजावतमा सहज भएपछि पालिका प्रमुख बधाइका पात्र बन्न पुगेका छन् ।

 



प्रतिक्रिया




Top