ताजा समाचार


ट्रेन्डिङ :

गुण्डागर्दी शैलीमा टोलसुधारका अध्यक्ष आचार्य द्धारा नाबालक कुटिए

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ श्रावण २४, आईतवार १३:५७ मा प्रकाशित



गुण्डागर्दी शैलीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ नोभे स्थित दिक्तेलबारी नोभे टोल सुधार समितिका अध्यक्ष सुमन आचार्य द्धारा दुई नाबालक कुटिएका छन् । स्थानिय मदनप्रसाद आचार्यको नाति अन्दाजी ९ वर्षीय गगन आचार्य र सोही ठेगाना भएका बैजनाथ रिजालको नाति अन्दाजी १० वर्षीय विवेक रिजाललाई शनिबार बिहान करिब ९ बजे टोल सुधार समितिका अध्यक्ष आचार्य द्धारा निर्घात रुपमा कुटपिट गरेका हुन् ।
आफ्ना नाबालक नाति कुटपिट भए प्रश्चात पिडित पक्ष भनिएका रिजाल र आचार्यद्धारा संयुक्त रुपमा आज आईतबार जिल्ला प्रहरी कार्यालयमा गई सार्वजनिक स्थलमा आफ्ना नाति कुटिएको भन्दै अभद्र व्यवहार सम्वन्धि उजुरी दिएको जनाएका छन् ।
पिडित पक्षका अनुसार हाम्रा नाति कुटिए प्रश्चात गाउँमै माफ मिनाहा गर्ने र मिलापत्र गर्ने भद्र भलाद्मीको प्रश्ताव आएको थियो’। “हामी सामाजिक कुरा मान्न तयार रहँदा समेत आफु टोलसुधारको अध्यक्ष र मेरो कांग्रेसको सरकार छ भन्दै गुण्डागर्दी शैलिमा समाजलाई बहिष्कार गद्रै बाहिरिए ।’ “त्यसपछि हामिले उजुर दिन बाध्य भएको एक पिडित पक्षले सुनाए ।’
पिडक भनिएका अध्यक्ष आचार्य द्धारा आफुले कुटपिट गरेको सार्वजनिक स्थलमै स्थानियका सामु गल्ति स्विकार गरिसकेका छन् । बिना कारण कुटेको हैन तर मैले अलैंची खाए प्रश्चात आफुले दुई चार झापड हानेकै उनले बताए । उनी नेपाल विद्यार्थी संघका नेता समेत हुन् ।
यता,जिल्ला प्रहरी कार्यालयका अनुसार आवश्यक प्रक्रिया अघाडी बढाइएको जनाएको छ । साथै भोलीका लागि दुई पक्षिय भेला बोलाइएको प्रहरीले बताएको छ ।
के छ त कानुनी प्रक्रिया

मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार सार्वजनिक स्थलमा त्यस्तो नाबालक महिला र अशक्त व्यक्तिलाई अभद्र व्यवहार गरेको ठहर भएमा १ वर्ष कैद देखि १० हजार सम्म दण्ड जरिवाना हुने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया




Top