ताजा समाचार


ट्रेन्डिङ :

हलेसी गुफाभित्र रहेका जोखीमयुक्त ढुङ्गा तथा रुखहरु हटाइयो ।

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र १९, शनिबार ११:३२ मा प्रकाशित



 

टिवन राई

खोटाङ, हलेसी / नेपाली सेनाले हलेसी मन्दिरभित्र रहेका जोखीमयुक्त ढुङ्गा तथा रुखहरु हटाएका छन् । गोरखनाथगण मुडे व्यारेकका गणपती प्रमुख सेनानी नरोत्तम पौडेलको टोलीले हलेसी गुफा र बसाहा (खोक्चिलिपा बुक्टो) गुफाका भित्तामा रहेका ढुङ्गा तथा रुखहरु भाद्र १८ गते हटाएका हुन् । विभिन्न समयमा गएको भुकम्प तथा रुखका जराले गुफाभित्रका ढुङ्गाहरु फुटेर झर्न थालेपछि हटाइएको नगरप्रमुख इवन राईले बताए । मेयर राईका अनुसार २०७२ सालको भुकम्पकाबेला ढुङ्गा खसेको थियो । त्यसैगरी यसवर्षको असारमा पनि ढुङ्गा खस्यो भाग्यवस दुवै पटक मानविय क्षति भएन । यसरी बारम्बार ढुङ्गा खस्न थालेपछी मानविय क्षतिबाट बच्न जोखिमयुक्तवस्तुहरु हटाउन सेनालाई आग्रह गरीएको थियो । हलेसी तुवाचुङ नगरपालिका, हलेसी महादेवस्थान विकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिको गत श्रावण ४ गते सबेको संयुक्त बैठकले सेनासँग सहयोग माग्ने निर्णय गरेको थियो । मन्दिर परीसर बारम्बार सरसफाई गरीए पनि जोखिमयुक्त वस्तुहरु भने पहिलो पटक हटाइएको हो ।



प्रतिक्रिया




Top