ताजा समाचार


ट्रेन्डिङ :

राजनीतिमा बबी चाम्लिङको दोहोरो चरित्रता छर्लङ

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २०, आईतवार ०३:१३ मा प्रकाशित



दिवस रिजाल भदौ २० खोटाङ ।
हाम्रा अधिकांश नेताहरुमा तर्कशीलता र सहनशीलता पनि धेरै टाढाको विषय बनिसकेको विषय निकै चर्चामा आयो । आफ्नो दल शक्ति र सत्ताको बाहिर र भित्र हुँदा नेताले देखाउने फरक चरित्र पनि बुझिनसक्नुको छ । नेपालका अधिकांश नेताहरु दोहोरो चरित्रका छन् । एउटै घटनाको पनि स्वार्थअनुसार बिहान एक अनि साँझ अर्को तरिकाको व्याख्या गर्ने गर्दछन् । आफु खुसी सिद्धान्त र व्यवहारमा परिपक्क भएमा देश बनाउन हिड्ने बेलामा स्वार्थको राजनिति कति दिन टिक्ला भनेर आम जनमानसले जान्दै आएको छ । आज एउटा पार्टीमा लाग्ने अनी भोली अर्को पार्टीमा जाने परम्परा नेपाली राजनितिमा नौलो विषय भने होइन । धेरै नेताहरुको चरित्रका कारण प्रायःजसो जनता नेपालका दल र तिनका नेतासँग निराश भएका छन् ।


जिल्लामा राम्रै छवि बनाएका नेता बबी चाम्लिङको राजनितिमा दोहोरो चरित्रता छर्लङ देखिएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि मंगलबार फागुन २५ गते नेकपा को बोर्ड हटाइ नेकपा एमाले खोटाङ लेखिएको बोर्ड राखेको थियो । सो दिन एमाले व्युँतिएको खुसीको क्षण भन्दै नेकपा माधव–प्रचण्ड समुहमा गएका चाम्लिङ पार्टी कार्यालयमा उपस्थित भएर अब एमालेमै रहने वचन वद्धता दिँदै सामुहिक फोटो खिचाईएको थियो । यस्तै दृश्य भदौ १९ नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बबी चाम्लिङले पार्टी कार्यालय उद्घाटन गर्दा उनको चरित्रता उदांगो भएको प्रष्ट देखिएको छ ।

सन्दर्भ कँहा आउँछ भने आफ्नो व्यक्तिगत स्वार्थ पुर्ति गर्न देखि लिएर पदको लोभमा यस्तो दोहोरो चरित्रता देखाएको कुरा सत्य सावित हुँदै गएको पाईएको छ । हुनत यो कुरा नौलो हैन । उनको यस्तो दोहोरो चरित्रता भएका नेता जिल्लामा मात्रै हैन प्रदेश देखि केन्द्र सम्म राम्रो सित देख्न र सुन्न सकिन्छ ।
राजनीति लहडका भरमा र देशको प्रशासन राजनीतिक आग्रह र पूर्वाग्रहको भरमा चल्ने पद्धतिको अब अन्त्य हुन आवश्यक छ । नेपालका नेताहरुको विचार, व्यवहार र शैली परिवर्तन हुन आवश्यक छ । नेताको चरित्रमा शुद्धता आउनासाथ धेरै कुरा आफैँ सुध्रिएर जाने देखिन्छ ।

 



प्रतिक्रिया




Top