ताजा समाचार


ट्रेन्डिङ :

बालक,तुइन अनी हाम्रो सरकार

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २१, सोमबार १२:०९ मा प्रकाशित



चिरन्जिवी रिजाल
सत्य घटनामा आधारित कथा जुन नेपालको परिपेक्षलाई समेटिएर तयार पारियको छ । जुन बिकट क्षेत्रलाइ सम्हाहित गरिएको छ । यस कथामा पात्रको रुपमा एकजना रेमन भन्ने बालक हुन्छ जो एकदमै नाजुक परिवारमा जन्मिएको हुन्छ । उक्त परिवारमा हजुरआमा,बाबा,ममी र बहिनी हुन्छन । साथमा साथिको रुपमा डलि भन्ने कुकुर पनि रहेको हुन्छ । बहिनीको नाम चाहिँ स्वप्ना हुन्छ ।
हजुरआमा दम साथै प्रेसरको बिरामीले गर्दा घरभन्दा अन्त जान नसक्ने अवस्थामा हुन्छिन् भने बुवा परिवारको आर्थिक स्थितिले गर्दा घरको र छोराछोरिको लागि केही गर्नु पर्छ भन्ने सोच लिएर चाकरीको लागि शहर निस्कन्छन । उनले शहर निस्कनु भन्दा अगाडि उनकी श्रीमतीलाई यो भनेका हुन्छ्न की आमा छोराछोरी अनि आफ्नो राम्रो ख्याल राख्नु । यती भनेर उनी झोला बोकि शहरतिर लाग्छन् ।
गाउमा बस्नुपर्ने भएकोले बस्तुभाउ,घास,स्याउला अनिबार्य गर्नुपर्ने भएकाले हवस् तपाईं जानुस यताको केही चिन्ता नलिनु राम्रो कमाउनु भन्दै रेमन र स्वप्नालाइ तिमिहरु खेलेर बसिराख्नु भनिन र रेमनको हजुरआमालाई ूत्यहा झ्यालमा थालले छोपेर कोदाको रोटि राखेको छ भोक लाग्यो भनेपछी दिनुस है भन्दैू आफू मेलापात तिर लागिन् ।
रेमन र स्वोप्ना पनि दिनदिनै बढे उनिहरुलाई शिक्षा प्राप्त गर्नको लागि त्यो गाउमा कुनै बिद्यालय पनि थियन । पढ्नको लागि त्यो गाउमा बिद्यालय नभएकोले पढ्नको लागि खोला पारिको गाउमा जानू पर्थ्यो। रेमन अलिक ठूलो भएका कारण ऊ बिधालय जानको लागि तत्पर रह्यो । तर बिधालय जान खोला तरेर जानू पर्ने भएकोले त्यति सजिलो थियन ।
सजिलो त हुन्थ्यो होला तर उक्त खोलामा पुल निर्मान भने भएको थियन । खोला तर्नको लागि तुइनको ब्यबस्था रहेको थियो । तर उ केटाकेटि अवस्थाको भएकोले तुइन तर्न जान्दैनथ्यो । एकदिन रेमनलाई बिधालय पठाउनको लागि उसलाइ तुइनबाट तर्नको लागि आमाले सिकाइन जसोतसो रेमन तुइन तरेर खोला तर्न सफल भयो । तर रेमनलाइ तुइन तर्न सिकाउनेको क्रममा आमाको तुइनबाट खोलामा झन्डै खसेका कारणले उनको त्यति बेलै तुइनले होस् गुमाइसकेको थियो । यथार्थ यो होकि तुइन तर्नको लागि सजिलै सकिन्न्थ्यो र अरुले तरीरहेको हामीले सुन्न र देख्न सकिनथ्यो ।
दिनदिनै समय बित्दै गयो एक दिन रेमन बिद्यालय गएको हुन्छ । घरमा बहिनी स्वोप्ना आफ्नो कुकुर डलि सँग खेलिरहेकी हुन्छिन । धेरै समय खेलेपछि स्वप्नाको मनमा भित्रभित्रै कुरा खेल्न थाल्यो । दाइ त स्कुल गएको नि धेरै भैसक्यो अब देखि त म पनि बिधालय जान्छुू भन्ने मनमा खुलदुली उत्पन्न हुन्छ । उनी चित्रकला र पेन्टिङ भनेपछी हुरुक्कै हुन्थिन् ।
दिउँसोको समय बित्यो बेलुका भएपछी रेमन पनि स्कुलबाट आउँछ अनि आमापनि खेतीबाट आउछिन । सबैजना आइसके पछि स्वप्नाले आमालाइ न्याउरो स्वरमा भन्छिन् आमा म पनि भोलि देखि दाइ सगै बिधालय जान्छु नि है । अनि आमाले पहिले आफुले रेमनलाइ तुइन तर्न सिकाउदा तुइनबाट खसेको विगत्को कुरा गद्रै भन्छिन् पर्दैन तिमी स्कुल जानू भन्दै केही क्षण सम्झाउन खोज्छिन् । त्यसपछी दाइ रेमनले बहिनी स्वप्नालाइ सम्झाउदै भन्छ। केहि समय पर्ख भन्दै सम्झाउन थाल्यो । बहिनी अब बिस्तारै पुल बन्छ अनि तिमिलाइ नि म सगै स्कुल लिएर जान्छु नी है भन्दै सम्झायो ।
भोलिपल्ट को कुरो हो हजुरआमा बिरामिले सार्है भएकी हुन्छिन अनि आमाले रेमनलाइ भन्छिन जाउ छोरा छिटो गएर डाक्टर बोलायर लेउ । त्यसपछी रेमन हस्याङ्फस्याङ गर्दै तुइन तरेर खोला पारी गएर डाक्टरका सामु भन्छ् डाक्टर दाइ डाक्टर दाइ हाम्रो हजुरआमा सार्है बिरामी पर्नु भयो तपाई हाम्रो घर जानु पर्यो । यति भनेपछि डाक्टरलाई खोलो र तुइन भनेपछी त झन डराउँदै भन्यो म तुइन तर्न सक्दिन मलाइ डर लाग्छ भन्दै नजाने तर्क दिए ।
त्यसपछी रेमनले रुँदै डाक्टरको खुट्टा समाउदै भन्छ सर जाउँ न के जाउँ हजुरआमालाई गार्हो भैसक्यो भन्छ । डाक्टरले रेमनको आखामा आँसु देख्न नसके पछि लु जाउ भनेर सँगै लिएर घर तर्फ लम्किन्छन् । तर, बिडम्बना डाक्टर तुइन तर्न नजान्ने हुनाले बिचमा आइसकेपछी तुइनबाट झरेर अफसोच डाक्टरको मृत्युु हुन्छ । त्यसपछी डाक्टर लिन गएको रेमन निरास हुँदै घर तर्फ लम्कन्छ । घर पुग्ने बितिकै हजुरआमाको मृत्युको खबरले झनै स्तब्ध हुन्छ र मनभरी पिँडा लिएर रुन थाल्छ ।
निरासै निरासले कयौं दिनहरु त्यसै बित्छ्न संंचारको सुविधा भएको भए रेमनको बाबू पनि परिवार सगै घुलमिल हुन आउथे होला दुख सुख साटासाट हुन्थ्यो होला । एकदिन आमाले रेमन,स्वप्ना अनि डलिलाइ खाना खुवाइसकेपछी रेमनलाइ स्कुल जानू अनि स्वप्नालाई डलि सग खेलेर बस्नु भन्दै आफू दैनिकी सम्हाल्न अघाडी बढ्छिन् ।
तर रेमन र स्वप्नाको अघिल्लै दिन सल्लाह भैसकेको हुन्छ कि स्वप्नालाइ रेमनले तुइन तर्न सिकाउनु पर्ने? स्वप्ना चित्रकलामा पोख्त भयकाले उसले स्कुलमा पनि गयर बनाउछु भन्ने जोस थियो। आमाले त्यति भनेर लागि सके पछि रेमन पनि स्कुल तिर लाग्छ तर स्कुल नगै खोला छेउको ढुंगामा गयर बसिरहेको हुन्छ अनि एकछिन पछि स्वप्ना पनि त्यही जान्छे ।
अनि रेमनले बहिनी स्वप्नालाइ दिनै भरी तुइन तर्न सिकाउछ अनि घर आउने बेलामा खाजाखाइ बहिनी स्वप्नालाइ अघिबाटै घर पठाउछ अनि आफू ढिलो गरि घर जान्छ । त्यसपछी घर गयर भन्छ कि आमा मैले त आज स्कुलमा यो पढे त्यो पढे भनेर फुर्ती लगाउछु । भोलि पल्ट खाना खाइसके पछि रेमनलाइ स्कुल पठाइ स्वप्नालाइ डलि सग खेलेर बस्नु भनी आफू मेलापात तिर लागिन ।
तर स्वप्नाको मन के मान्थ्यो।अगिल्लै दिन तुइन तर्न सिकेको हुनाले उ पनि भागेर दिउँस स्कुल जान्छे।र दाइ पढ्ने कक्षाको बाहिर झ्यालबाट गहभरी आँसु बनाइ हेरिरहन्छे। भोलि पल्ट पनि त्यसरी नै जान्छे सरले देख्ने बितिकै कुदेर घर आइहाल्छे।
अर्को दिन पनि जान्छे तर त्यो स्कुलमा नया सिक्षक सहरबाट आयका हुन्छ्न र उनिलाइ देख्ने बितिकै स्वप्नालाइ सोध्न भनी नजिकै आउछ्न तर स्वप्ना भागी हतपत घर आउछे । त्यसपछि रेमन स्कुलबाट घर फर्किने बेलामा नया सरले म पनि तिम्रो घर जान्छु भनेर सगै आउछन । सदा झै स्वप्ना दाइ आउने तुइनको आवाज सुनेर खोलामा जान्थिन तर त्यो दिन सर पनि आयको देखेर लुक्छिन । अनि दाइ रेमनलाइ हातको इसारा गरेर बोलाउछिन र सबै बृतान्त सुनाउछिन। त्यसपछी दाइ रेमनले स्वप्नालाइ लियर जान्छ ।
यति भनिसकेपछि शिक्षकले स्कुलमा देखेको कुरा सुनाउछ्न।त्यसपछी स्वप्नाकी आमाले स्वप्नालाइ साफी गाली गर्छिन । त्यसरी हुदाहुदै भोलिपल्ट देखि स्वप्ना स्कुल जान छाडछिन । बिस्तारै जाडोको समय आयको हुनाले ती नया सिक्षकको मनमा विद्यार्थी पर्ती माया जागेर आयो त्यस्तो ठन्डिमा बिद्यार्थीमा जुता कसैको देख्दैनन न्यानो कपडा कसैको देख्दैनन।अनि भोलि पल्ट सबै बिद्यार्थीलाई जुत्ता बाडिदिन्छन। त्यसपछी रेमनले उक्त जुत्ता लगाइ घर आउछन आइसकेपछि बहिनी स्वप्नालाइ उक्त जुत्ता मन पर्छ र मलाइ पनि चाहियो भन्दै कर गर्छिन ।

अनि दाजु रेमनले फकाउदै भन्छन। म भोलि सरलाइ भनेर ल्याइदिन्छु नि है । भोलिपल्ट रेमन स्कुल जान्छ अनि बहिनिले भन्छिन मलाइ जुत्ता लियाइदियर छिटै आउनुस है म पनि तपाइलाइ चङ्गा बनायर राखिदिन्छुू दाइ रेमन खुसी हुँदै हुन्छ हुन्छ म ल्याइदिहाल्छु है भन्दै स्कुल तिर जान्छ।
त्यसपछी स्कुलमा गयर नया शिक्षकलाई सबै कुरा सुनाइसकेपछी शिक्षकले बहिनिको लागि नया जुत्ता किनिदिन्छ्न,अनि रेमनले बहिनिको लागि नया जुत्ता झोलामा राखेको हुन्छ र अनि उ घरतर्फ फर्कन्छ।
उ खोलामा आयर तुइन चडछ र तर्न तर्फ लाग्छ तर्दै गर्दा पिछी फर्की हेर्दा उक्त जुत्ता खसे जस्तो देख्छ र उक्त जुत्ता समाल्न खोज्दा तुइनको ब्यालेन्स नमिली तुइन कोल्टे भएर खुस्किन्छ।त्यसपछि उ खोलामा खस्छ र मृत्यु हुन्छ।
उता बहिनी स्वप्ना तुइनको आवाज सुनेर दादाले जुत्ता लेइदियर आउनुभयो भन्दै दादाको लागि बनायको चङ्गा बोकेर दगुर्दै जान्छे र पर पुगे पछि देक्छे दाइलाइ खोलाले बगाउदै गरेको१
अनि रुदै कराउदै घरमा आउछे र सबैकुरा आमालाई भन्छे
भोलिपल्ट यो कुरा सबैले थाहा पाउँछन् र गाउले जनता भेला भयर आवाज उठाउछन र पुल बनाउनको निम्ति सम्बन्धित निकाय आयर सर्बेक्षन गर्छ र निर्मान कार्यप्रती सङ्लग्न जनाउछ्न कार्य सम्पादन गछ्र्न।
त्यसपछी दिनदिनै दाजुको पिरले होल स्वप्ना त्यही पुलको छेउमा गइ चङ्गा झुन्ड्याड्या रहेकी हुन्छिन,सम्योग त्यो चङा पनि हावा आयर चुडायर लगिदिन्छ।
अनि बर्सौ बितिसकेको हुनाले स्वप्नाको बाबा पनि घर फर्किन्छ्न र पुलमा स्वप्ना रोइरहेको देखेर सबै कुरा बृतान्त सोध्छन र स्वप्नाले सबै कुरा बृतान्त भनिसके पछि बुबा निरास हुन्छ्न र छोरिलाइ बोकि घरतर्फ लिअयर जान्छ्न।
अनि घर पुगेर स्वप्नालाइ सुम्सुम्याउदै भन्छनअब मेरि छोरी पनि भोलि देखि स्कुल जान्छे भने
स्वप्ना खुसी हुँदै भोलिपल्ट स्कुल जान्छिन तर कक्षामा चुप लागेर बस्छिन सरले जे सोध्दा पनि मुन्टो हल्लाउदै बस्छिन।
उ यो थिइन कि सानै देखि चित्र भनेपछी हुरुक्कै हुने भयकाले उनले पहिले ूढुंगामा पुलको चित्र बनायर राखेकी थिइन अनि छेउमा दादा सगै हात समायकोू।उनले यो सोचेको थिइन कि मेरो यो चित्र एकदिन बिपना हुनेछ। तर बिडम्बना यो कि सबैलाइ उक्त चित्र फेखाइसके पछि पनि उ बाहिरी रुपमा त खुसी देखिइन तर भित्रि रुपमा उनी खुसी थिइनन। उनी खुसी तब हुन्थिन कि त्यो पुल तरेर दादा सगै हात समायर स्कुल जाने ।
सम्योग बस दादा नभय पनि उक्त पुल बनेको खुसियालिमा दादासगै स्कुल जाँदै गरेको सम्झनाले भयपनी खुसी भइन र स्कुल गइन।
निस्कर्ष यदि त्यो गाउमा पहिले नै पुल बनेको थियो भने आज स्वप्नाले आफ्नो दादालाइ गुमाउनु पर्थेन । अनि आफ्नी हजुरआमालाई डाक्टरसग उपचार गराइ सबै परिवार आज सबै परिवार खुसिसाथ रमाइरहेका हुन्थे ।
उक्त कथामार्फत यो भन्न खोजिएको छकी उक्त क्षेत्रमा चाँडै पुल बनोस र अरुले अकालमै ज्यान गुमाउन नपरोस । बिकाशको मुहार हेर्न जनताले छिटै पाउन । सरकारले गर्ने काम र जनताले राखेको आशा यहि हो । हिजो अस्ति भर्खरै जय सिङ धामी घटना पनि एहि तुइनको कारणले भएको हो । उक्त घटनाको निष्पक्ष छानबिन होस । पीडित पक्षले न्याए पाउन् । सबै नेपाली जनता स्वतन्त्र भयर बाच्न पाउन । जस्तो सुकै अबस्थामा पनि देशको लागि छाती फुलाउन तयार हुनुस र भन्न सक्नोस की हामी कुनै गुलामीको आढमा हैन आफ्नै परिवेशमा खुलेआम हिड्डुल गर्न सकियोस् गुफा भित्र बसेर गफ लाउने हैन । नेपाली जनताले प्रत्याभुति एक स्वतन्त्र नागरिक भएर जिवन जिउन सकुन र भन्न सकुन मेरो देश नेपाल
हामी नेपाली
स्वतन्त्र नेपाली
मेरो देश जय देश
जय नेपाल



प्रतिक्रिया




Top