ताजा समाचार


ट्रेन्डिङ :

दुर्गा घिमिरेको समर्थनमा श्रेष्ठ द्धारा नगर सभापतीमा उम्मेद्धारी घोषणा

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २३, बुधबार १४:२० मा प्रकाशित



खोटाङ । नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सभापतिमा प्रकास श्रेष्ठ द्धारा आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् । दुर्गा घिमिरेको समर्थन र दिनेश घिमिरेको प्रस्तावमा नगर सभापतिमा श्रेष्ठले उम्मेद्धारी घोषणा गरेका हुन् ।
श्रेष्ठको प्यानलबाट उपसभापति लक्ष्छुमान आचार्य र अर्जुनदेव राई,सचिवमा युवक राई र अञ्चल राई,सह सचिवमा सन्तोस राई,सन्तोस खत्री गरी जम्मा सात सदस्यको टोलीले आज संयुक्त रुपमा उम्मेद्धारी घोषणा गरेका हुन् ।
होटल सगरमाथामा भएको पत्रकार सम्मेलनमा अर्का उम्मेद्धार ईन्द्र घिमिरेले श्रेष्ठलाई समर्थन गद्रै आफ्नो उम्मेद्धारी फिर्ता लिएपछि नगर सभापतिमा उनको जित सुनिश्चित भएको टिक्का टिप्पणी भएका छन् ।
वडाको तल्लो तहसम्म धेरै गुट र उपगुट देखेपछि कांग्रेसलाई गुट रहित थप मजवुत बनाउन आफुले उम्मेद्धारी फिर्ता गरेको घिमिरेको भनाई छ । विभिन्न गुट उपगुठमा चिरा चिरा भएको कांग्रेसलाई एक ढिक्का बनाउन आफुले उम्मेद्धारी फिर्ता गरेको घिमिरेको तर्क छ ।
उम्मेद्धारी घोषण गद्रै श्रेष्ठले भने बितेको चार वर्षमा नगर सभापतिले गरेका हरेक गतिविधिलाई उचित स्थान दिई काम अघाडी बढाउने उद्घोष गरेका छन् । उनले भने राम्रो कामलाई मेरो समर्थन रहन्छ भने नरोम्रो कामलाई निरुत्साहित गरी पार्टीको कामलाई थप क्रियासिल भएर आफ्ना गतिविधि अघाडी बढाउने बताए । चारैतिर छरपष्ट रहेको कांग्रेसलाई एक ढिक्का बनाउन आफुले उम्मेद्धारी दिएको उनको भनाई थियो ।
२०४८ सालमा दिक्तेलबाट स्ववियुको सभापतिमा निर्वाचन लडेका उनी हाल अनुसासन विभागका प्रमुख र कांग्रेस जिल्ला कार्य समितिका सदस्य समेत छन् । सामाजिक क्षेत्रमा अव्वल मानिएका उनी हाल चार वटा विद्यालयमा विद्यालय व्यवस्थापन समितिमा आवद्ध छन् । राजनितिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्रेष्ठले पछिल्लो समय युवा पुस्ता र आम नागरिकको विस्वास जित्ने सफल व्यक्तित्वको रुपमा परिचित छन् ।



प्रतिक्रिया




Top