ताजा समाचार


ट्रेन्डिङ :

कांग्रेस याम्खाको मतदानमा षडयन्त्र र धाँधलीपुर्ण भएको आरोप

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २४, बिहीबार ०२:३२ मा प्रकाशित



नेपाली कांग्रेस खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको वडा अधिवेशनमा भएको मतदानमा षडयन्त्र र धाँधलीपुर्ण भएको आरोप आएको छ । नेपाल विद्यार्थी संघ खोटाङका वरिष्ठ उपाध्यक्ष नइन्द्र राईले बुधबार दिक्तेलमा पत्रकार सम्मेलन गद्रै मतदानमा षडयन्त्र र धाँधलीपुर्ण ढंगवाट भएको आरोप लगाएका हुन् ।
गत भदौ १८ गते सम्पन्न वडा अधिवेशनमा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको संलग्नतामा पैसा र सत्ताको आडमा धाँधलीपूर्ण वडा अधिबेसन गराएर फरक मत राख्ने समुहलाई वडामै छेक्ने खेल खेलिएको समेत आरोप लगाएका छन् । साथै वरिष्ठ उपाध्यक्ष राईले याम्खामा पुन मतदान गर्न कांग्रेस जिल्ला कार्य समितिलाई आग्रह गरेका छन् ।
गाउँपालिका अध्यक्ष राईको टिमबाट रामचन्द्र राई र नेविसंघका वरिष्ठ उपाध्यक्ष राईको टिमबाट नेत्र कुमार राई वडा सभापतिमा लडेका थिए । निर्वाचन गराउँदा अँध्यारो कोठामा मत पेटिका राखेर एक जनाले ५ भन्दा बढिको मत खसालेको, रातका समयमा मतदान प्रकृया अघि नबढाउन आग्रह गर्दागर्दै बेलुका ५ बजेदेखि रातको २ बजेसम्म मतदान गराउँदा अँध्यारोमा क्रियासिल सदस्य मतदानमा सहभागी भएरभएको देख्न नसकिएको, मतदान सकिए लगत्तै मत गणना सुरु गर्नुपर्नेमा धाँधलीकालागि ढिलो गणना सुरु गरिएको नेविसंघ उपाध्यक्ष राईले आरोप लगाएका छन् ।

मत गणनाका क्रममा १०८ औं मतपत्र समावेसी र खुलाको हुनुपर्नेमा दुबै खुला मतपत्र भेटिएपछि दुबै पक्षको सहमतीमा मत गणना स्थगित गरेर दुबै पक्षको प्रतिनिधि बाहिर गएको बेला गाउँपालिका अध्यक्ष राईले मतपत्र राखिएको कोठामा पसेर विपक्षको मतपत्रमा चिन्ह लगाएर बदर गराएको तथा आफ्नो पक्षको मतपत्र थपेको प्रेस विज्ञाप्तीमा आरोप लगाइएको छ ।



प्रतिक्रिया




Top